खेलकुदमा बजेट घट्यो

May 30, 2017

Ekantipur, 30th May 2017, Kathmandu

सरकारले आर्थिक वर्ष २०७४/७५ को लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब २४ करोड २४ लाख ३६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अघिल्लो आवको तुलनामा यो बजेट ९ करोड ६२ लाख ९२ हजार थोरै हो ।

आर्थिक वर्ष २०७३/७४ मा खेलकुद मन्त्रालयले २ अर्ब ३३ करोड ८७ लाख २८ हजार रुपैयाँ बजेट पाएको थियो । त्यसबेला चालु खर्च २ अर्ब १० करोड ७० लाख ४४ हजार थियो भने पुँजीगततर्फ २३ करोड १६ लाख ८४ हजार छुटयाइएको थियो । यसपालि पुँजीगत बजेट २८ लाख २६ हजारमात्र विनियोजन गरिएको छ भने चालु खर्चतर्फ २ अर्ब २३ करोड ९६ लाख १० हजार छुटयाइएको छ ।

मन्त्रालयले माग गरेभन्दा करिब आधा बजेटमात्र पाएको हो । १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाका लागि पूर्वाधार तयार गर्न पनि मन्त्रालयले ठूलै बजेट मागेको थियो । कुल बजेटको करिब ८० प्रतिशत खेलकुदलाई रहेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषणमा आठ स्थानमा क्रिकेट मैदान निर्माणलाई निरन्तरता दिने उल्लेख गर्दै केही कार्यक्रम स्थानीय तहमै पठाइने उल्लेख गरेका छन् ।

 

Source: http://kantipur.ekantipur.com/news/2017-05-30/20170530092704.html


 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More