गण्डकीमा सय वटा पर्यटकीय गन्तव्य

February 21, 2019

आश गुरुङ्ग, कान्तिपुर, फाल्गुन ०९, २०७५ 

लमजुङ — गण्डकी प्रदेशले एक महिनाभित्र प्रदेशका सय वटा ठाउँलाई पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी गरेको छ ।

छलफलमा रहेका ठाउँलाई गन्तव्य घोषणाका लागि सम्बन्धित जिल्लाका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक बसेर सूची तय गर्ने तयारी भएको छ । दुई साताभित्र सबै स्थानीय तहसँग छलफल गरी फागुनभित्र पर्यटकीय क्षेत्रको घोषणा गरिने उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।

उनका अनुसार सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षकारूपमा मनाउन सय वटा पर्यटकीय गाउँ घोषणा गरी प्रचारप्रसार गरिनेछ । घोषणा गरिएका पर्यटकीय गन्तव्यको प्रचारप्रसारतथा आवश्यक पूर्वाधार निर्माण गर्नप्रत्येकलाई ५०–५० लाख रुपैयाँ बजेट प्रस्ताव गरिने उनले बताए ।

आन्तरिक पर्यटन वर्ष सन् २०१९ मा मेचीदेखि महाकालीसम्मका १५ लाख पर्यटकलाई गण्डकी प्रदेशमा भित्र्याइने उनले बताए । सन् २०२२ सम्म बाह्य पर्यटक नै २० लाख भित्र्याउने लक्ष्य लिएको उनले बताए । ‘हामीले पर्यटकीय गन्तव्यलाई छलफलका लागि अघि बढाएका छौं,’ उनले भने ।

प्रदेश सरकारले कास्कीका ११, तनहुँका१०, गोरखाका १२, लमजुङका १०,मनाङका ९, मुस्ताङका १०, म्याग्दीका १०, बागलुङका ११, पर्वतका ११, स्याङ्जाका ११ र नवलपुरका ९ ठाउ“लाई प्रारम्भिक चरणमा छनोट गरेको छ । कास्कीमा फेवाताल, तालबाराही मन्दिर, बेगनासताल, रूपाताल, विन्ध्यवासिनी मन्दिर, सराङकोट, अन्नपूर्ण बेसक्याम्प, विश्व शान्ति स्तुपा, महेन्द्र र चमेरेगुफालगायत छन् । मनाङको तिलिचो, पोङकर, डोना, गंगापूर्ण, छो कर्णताल,अन्नपूर्ण हिमाल, थोंचे–लार्के पदयात्रा, मनाङ–थोराङपास पदयात्रा, नारफू–काङला पदयात्रा छनोट गरिएको छ ।

लमजुङको घलेगाउ“, यशोब्रह्म शाहको लमजुङ दरबार, भुजुङ, राइनासकोट, घनपोखरा, सिउरुङ, काउलेपानी, इलमपोखरी, ईशानेश्वर र दूधपोखरी छन् । हिमाली जिल्ला मनाङमा अधिकांश ताल र लमजुङमा होमस्टेलाई समेटिएको छ । घलेगाउ“ र काउलेपानी संघीय सरकारले घोषणा गरेको पर्यटकीय गन्तव्यको सूचीमा समेत छ । घलेगाउँलाई ‘स्मार्ट भिलेज’ बनाउने तयारीसमेत थालिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ३ सय गाउँलाई होमस्टे गाउँ बनाउने योजनाले सफलता पाउँदै गएको बताए । पर्यटन प्रवद्र्धनका लागि १ सय ठाउँलाई पर्यटकीय गन्तव्य बनाइने उनले बताए । ‘हामीले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाउने तयारी गरेका छौं । यसका लागि केही पुराना पर्यटकीय सम्पदा र केही नया“ पर्यटकीय सम्पदालाई छनोट गरेर पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ,’उनले भने । गण्डकी प्रदेशले पर्यटनलाई समृद्धिको मुख्य आधार बनाएकाले नया“ पर्यटकीय सम्भावनाको खोजी थालेको समेत उनले बताए ।

प्रदेश सरकारले ९ वटा साहसिक खेलकुदका पर्यटकीय गन्तव्य बताउने तयारीमा समेत जुटेको जनाएको छ । खेलकुदका माध्ययमबाट पर्यटन प्रवद्र्धन गर्न साहसिक खेललाई आन्तरिक रूपमा छनोट गरी छलफल अघि सारेको छ ।

अल्ट्रालाइट, र्‌याफटिङ, बन्जीजम्प, जिप फ्लायर, हट एयर बेलुन, प्याराग्लाइडिङ, क्यानोनिङ, पोनी ट्रेक, घोडाचढी र स्कीलाई साहसिक खेलका रूपमा लिएर गन्तव्यका रूपमा अगाडि बढाइने भएको छ । यसका लागि सरोकारवालासँग छलफल गरिने र टुंगोमा पुग्ने मन्त्री लम्सालले बताए ।

सोर्त: https://www.kantipurdaily.com/business/2019/02/21/15507187687397261.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter