चार हजार चार ७६ विद्यालय पुनर्निर्माण

April 23, 2019

नागरिक, बैशाख १०, २०७६ 

काठमाडौं – २०७२ को भूकम्पले क्षति पु¥याएका चार हजार चार सय ७६ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। तीमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन पाँच सय ८३, निर्माण व्यवसायीमार्फत एक सय ३५ र गैरसरकारी संस्थामार्फत सात सय ५८ सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले जनाएको छ।

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)द्वारा भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्थाका बारेमा आज यहाँ आयोजित छलफलमा एकाइका प्रमुख इमनारायण श्रेष्ठले सो जानकारी दिँदै विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार दुई सय २२, निर्माण व्यवसायीमार्फत तीन सय ३८ र गैरसरकारी संस्थामार्फत दुई सय १२ निर्माणाधीन अवस्थामा रहेको बताए। थप तीन सय ९८ विद्यालय छनोट गरी जम्मा ६ हजार ६ सय ४६ विद्यालय पुनर्निर्माण गरिनेछन्। भूकम्प अति प्रभावित ३२ जिल्लाका सात हजार नौ सय २३ विद्यालयमा क्षति पुगेको थियो। ती विद्यालयका २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण क्षति भएका थिए। विद्यालयमध्ये करीब तीन सय ७० एकीकरण (मर्ज) भएका एकाइले जनाएको छ।

विद्यालय पुनर्निर्माणमा एसियाली विकास बैंक, जापान सहयोग नियोग (जाइका), चीन, भारतलगायतले सहयोग गरिरहेका छन्। एकाइ प्रमुख श्रेष्ठले विद्यालय पुनर्निर्माण गर्न करिब ९० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको जानकारी दिँदै सबै विद्यालयको पुनर्निर्माण कार्य अगामी आवको अन्त्यसम्म सक्ने लक्ष्य लिएको बताए। उनले कतिपय विद्यालय पुनर्निर्माणका लागि नेपाल सरकारको स्रोतको बजेट कमी तथा विद्यालय निर्माणमा जग्गा प्राप्ति समस्याका रूपमा रहेको बताए।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/74761/

Newsletter

Submit your details below to receive Newsletters

Newsletter