चुनाव हुने तीन वटा प्रदेशमा १४ गते सार्वजनिक विदा

June 22, 2017

अनलाइनखबर, ८ असार २०७४ 

सरकारले दोस्रो चरणको निर्वाचन हुने ३५ जिल्लामा असार १४ गते सार्वजनिक विदा दिएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार मतदान हुने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश नम्बर १, ५ र ७ मा १४ गते मतदान हुँदैछ ।

यस्तै तीन वटा प्रदेशमा असार ११ देखि १४ गतेसम्म चार दिन शिक्षण संस्थाहरुमा विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

शिक्षण संस्थाहरुमा मतदान केन्द्र राखिएको छ । त्यसैले आयोगले शिक्षण संस्थाहरुमा चार दिन विदा दिन आग्रह गरेको थियो ।

 

स्रोत: http://www.onlinekhabar.com/2017/06/601708/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More