News

छठमा झुम्यो मधेस (फोटोफिचर)

October 26, 2017

अन्नपुर्ण पोस्ट, ९ कार्तिक २०७४ 

महोत्तरी : छठ अन्तरगत बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ। छठ पर्वको अवसरमा नदी किनार बेहुली झैँ सजाइएका छन्। नदी र पोखरीमा जम्मा भएका श्रद्धालुले साँझ सूर्यलाई अर्घ दिएका हुन्। छठको पुजाका लागि गहुँ र चामलको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ। अन्नबाहेक फलफूल, ठकुआ, भुसुवा, खजुरिया, पुरुकिया, पानी अंगुर तथा मुला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, ढाकी, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै जलासयसम्म पुगेका थिए। शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्वको समापन हुनेछ।

 

 

स्रोत: http://annapurnapost.com/news-details/82785