टुँडिखेलमा भेटिए मल्लकालीन सामाग्री

October 12, 2017

गोपीकृष्ण ढुंगाना, अन्नपुर्ण पोस्ट, २६ असोज २०७४ 

काठमाडौं : टुँडिखेलको दक्षिण कुनामा थुपारिएको सम्पदा क्षेत्रको भग्नावशेषजन्य फोहोरमा मल्लकालीन सामाग्री भेटिएका छन् । गत भाद्र महिनाको पहिलो साताबाट पुरातात्विक फोहोर छान्ने काम हुँदै आएकोमा प्रस्तर कलातर्फ मल्लकालीन प्रस्तर थाम, टुँडिखेल प्रवेशद्वारमा राखिएका आधुनिक सिंह जोडी, आधुनिक गणेश मूर्ति, ढलोटका घण्ट, मल्लकालीन फ्य गः र ग आदि फेला परेका हुन् । उक्त ठाउँबाट पुरातात्विक सामाग्रीमा झ्यालमा प्रयोग भएका ५ वटा र ढोकामा प्रयोग हुने १५ वटा कलात्मक वस्तुलगायतका पुरातात्विक सामग्रीसमेत फेला परेका छन् ।

भग्नावशेष थुपारिएको उक्त क्षेत्रमा भेटिएका काष्ठ सामाग्रीहरु वसन्तपुर क्षेत्र वरपरका हुन् । पुरातत्व विभागले फोहोर छान्ने क्रममा मन्दिरको भित्रीभागमा प्रयोग हुने काठका ससाना टुक्रा र चुकुलहरु भेटिएको जनाएको हो । ‘तीमध्ये एउटा काठको जोर्नी काष्ठमण्डपको हो भन्ने अनुमान गरेका छौं', पुरातत्वअधिकृत प्रकाश खड्काको भनाइ छ । भेटिएको अर्को सम्पदा ५९ झ १५ झ ८ सेन्टिमिटरको टुँडालमा गङ्गाको आकृति कुँदिएको छ भने ४४झ२०झ८ सेन्टिमिटरको काष्ठ फलक पाइएको छ ।

भग्नावशेषमा मन्दिरको छानाको कुनामा प्रयोग हुने सलमा पाइएको छ । भग्नावशेष फालिएको ठाउँमा एउटै आकृति र शैलीका तीनवटा थामहरु पनि भेटिएका छन् । ढोकाभन्दा माथि र छानाभन्दा तल प्रयोग हुने चुकुल सहितको कीर्तिमुख पाइएको छ । दुईवटा थाँचा, कलश, केरा, गौचा, ग्याउचा आदिको कलात्मक बुट्टा कुँदेको यस प्रकारको सामाग्रीले तत्कालीन सम्पदा क्षेत्रको कला बुझ्न सकिने महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठको भनाई छ ।

काठमाडौं महानगरका प्रमुख र उपप्रमुख सहित पुरातत्व विभाग र नेपाली सेनाका अधिकारीको बैठकले भदौ ५ गते टुँडिखेल क्षेत्रमा थुपारिएका भग्नावशेष फोहोर हटाएर जङ्गलका रुपमा परिणत भएको टुँडिखेलको छेउलाई पैदल मार्गका रुपमा विकास गर्ने निर्णय गरेको थियो । फोहोरबाट पुरातात्विक सामाग्री छानेपछि बचेको फोहारलाई टुँडिखेलकै छेउमा पैदल मार्ग बनाउन प्रयोग गर्ने निर्णय गरिएको थियो ।

२०७२ वैशाख १२ गतेको भूकम्पको कम्पनले भत्किएका सुन्धाराको धरहरा, हुनमान ढोका परिसरका काष्ठमण्डप, माजु देग, त्रैलोक्य मोहनलगायतका मठ मन्दिरका भग्नावशेषबाट निस्किएको फोहोर टुँडिखेलको पूर्व, पश्चिम र दक्षिणपटि थुपारिएको थियो । हाल यो काम महानगरको अगुवाईमा नेपाली सेना र पुरातत्व विभागको समन्वयमा भइरहेको छ ।

स्रोत: 

http://annapurnapost.com/news-details/81939

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More