डिजेल पेट्रोलको मूल्य बढ्यो

April 03, 2018

कारोबार, मंगलबार, चैत्र २०, २०७४

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको छ । नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यअनुसार आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०५ रुपैयाँका साथै डिजेल-मटीतेल प्रतिलिटर ८५ रुपैयाँ कायम रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।

आइओसीले प्रत्येक १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गरेको र सोहीअनुसार समायोजन गर्ने गरिएको छ । मूल्य समायोजनपछि निगमलाई पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ १० पैसा नाफा र डिजेलमा ९६ पैसा घाटा रहेको निगमले जनाएको छ । १५ दिनमा निगमलाई अझै २० करोड नाफा रहेको निगमले जनाएको छ ।

स्रोत: https://karobardaily.com/news/country/3697

Newsletter

Submit your details below to receive Newsletters

Newsletter