डेढ अर्ब लागतको जलविद्युत् आयोजना शिलान्यास

March 05, 2018

आर्थिक अभियान, फागुन २१, २०७४ 

भोजपुर । भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । ८ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतवार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो ।

रू. एक अर्ब ५० करोडकोे लागतमा आयोजना सम्पन्न गरिने प्रालिका संस्थापक अध्यक्ष अम्बिकाप्रसाद ढकालले जानकारी दिए । भोजपुर नगरपालिका–१२ सिक्तेल बेहेरे दोभानमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको काम २०७६ साल चैत मसान्तभित्र सम्पन्न गर्ने ढकालको भनाइ छ । यो आयोजना भोजपुरको सबैभन्दा ठूलो रहेको र आयोजना सम्पन्न भएपछि स्थानीयबासीलाई पहिलो प्राथमितामा राखेर विद्युत् वितरण गरिने बताइएको छ । रासस

स्रोत: www.abhiyan.com.np/2018/03/05/185356

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More