डेढ करोड खाताको निक्षेप सुरक्षा

August 03, 2017

मेनुका कार्की, अन्नपुर्ण पोष्ट, १९ श्रावण २०७४ 

 निक्षेप तथा कर्जा सुरक्षण कोषले एक करोड ५३ लाख १८ हजार आठ सय १५ निक्षेपकर्ताको निक्षेप सुरक्षण (बिमा) गरेको छ । निक्षेप सुरक्षण भएपछि निक्षेपकर्ताले बचत गरेको बैंक तथा वित्तीय संस्था डुबेमा प्रतिव्यक्ति प्रतिबैंक दुई लाख रुपैयाँका दरले फिर्ता पाउँछन् ।

                     

आर्थिक वर्ष २०७३/७४ मा तीन खर्ब ८१ अर्ब रुपैयाँको निक्षेप सुरक्षण भएको छ । अघिलो आवमा यस्तो सुरक्षण कोषमा तीन खर्ब १९ अर्ब ४४ करोड रुपैयाँ सुरक्षित गरिएको थियो ।

गएको आवको असारमसान्तसम्म एक सय १५ वटा बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताको निक्षेप सुरक्षण गराएको कोषका नायव महाप्रबन्धक विष्णुबाबु मि श्रले जानकारी दिए । कोषले सर्वसाधारण र बैंक तथा वित्तीय संस्थामा रहेको पुँजी एउटै बैंकमा नराखी पुँजी ‘क' वर्गका वाणिज्य बैंकदेखि ‘घ' वर्गका लघुवित्त बैंकसम्म परिचालन गर्न प्रतिबैंक प्रतिखाता गणना गरिने व्यवस्था गरिएको मि श्रले बताए ।

अघिल्लो वर्षको तुलनामा गएको आवमा निक्षेप सुरक्षण बढेको छ । वित्तीय संस्थामा दिन प्रतिदिन निक्षेपकर्ताको संख्या बढ्दै गएकाले सुरक्षण रकम पनि बढेको मि श्रले बताए । ‘सरकारको सबै नेपालीमा बैंकिङ पहुँच पुर्‍याउने योजनासहित वित्तीय संस्थाले ‘एक घर एक खाता' योजना सञ्चालन गर्नु, भूकम्पपीडित र वृद्ध/वृद्धा भत्ता बैंक खाताबाटमात्रै रकम भुक्तानी गर्नु लगायत कारण निक्षेपकर्ता र निक्षेप दुवै वृद्धि भएको हो', उनले भने ।

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ को दफा १९ मा कोषले प्रत्येक सुरक्षित सदस्य संस्थामा खोलिएका प्रत्येक प्राकृतिक व्यक्तिको निक्षेप खातामा रहेको दुई लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्ने व्यवस्था छ । सुरक्षित निक्षेप रकमको मूल्यांकन गर्दा निक्षेप खातामा रहेको साँवा र सोबाट आर्जित ब्याजसमेत गणना गरिनेछ ।

तर, कुनै पनि निक्षेपकर्ताले एउटै बैंक तथा वित्तीय संस्थमा एकभन्दा बढी निक्षेप खाता सञ्चालन गरेमा वा कुनै संयुक्त निक्षेप खाताको हिस्सा भएमा वा तेस्रो पक्ष लाभकारी निक्षेप खाता भएका सबै खातालाई समष्टीकृत गरी एकै खातासरह मान्यता दिइने प्रावधान छ ।

अघिल्लो वर्षको तुलनामा गएको आवमा निक्षेप सुरक्षण गर्ने क्रम बढेको मि श्रले बताए । गएको वर्ष बैंक तथा वित्तीय संस्थाको एक सय १५ वटा बैंक तथा वित्तीय संस्थाले निक्षेप सुरक्षण गराएको छन् । अघिल्लो आवको अन्त्यसम्म कोषले एक सय ५० वटा वित्तीय संस्थाका एक करोड ३६ लाख ६ हजार चार सय ८३ निक्षेपकर्ताको तीन खर्ब १९ अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरेको थियो ।

कोषमा निक्षेप सुरक्षण गर्नेमा सबैभन्दा बढी ७९.६१ प्रतिशत हिस्सा वाणिज्य बैंकको छ । २८ वटा वाणिज्य बैंकले असारमसान्तसम्म एक करोड २१ लाख ४३ हजार दुई सय आठ निक्षेपकर्ताको तीन खर्ब चार अर्ब दुई करोड रुपैयाँ निक्षेप सुरक्षण गरेको छ ।

यस्तै, ५३ विकास बैंकमा खाता खोल्ने २७ लाख ५३ हजार ६ सय २४ निक्षेपकर्ताको ६७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप सुरक्षण गरिएको छ । यो रकम कुल निक्षेप रकमको १७.९८ प्रतिशत हो ।

३२ वित्त कम्पनीले हालसम्म तीन लाख ८३ हजार दुई सय ५७ निक्षेपकर्ताको नौ अर्ब १९ करोड रुपैयाँ निक्षेप सुरक्षण गरेका छन् । यो रकम कुल निक्षेप रकमको साढे प्रतिशत हो । साथै दुईवटा लघुवित्तका ३८ हजार सात सय २६ निक्षेपकर्ताका ७२ करोड ७१ लाख रुपैयाँ निक्षेप पनि सुरक्षण गरिएको छ ।

सात अर्ब ६५ करोडको कर्जा सुरक्षण

कोषमा २०७४ असारसम्म सात अर्ब ६५ करोड २८ लाख कर्जा सुरक्षण गरेको छ । गएको आवमा पशुधन सुरक्षणअन्तर्गत १४ हजार चार सय २८ वटा पशुको ७७ करोड ३९ लाख कर्जा सुरक्षण गरेको छ । त्यसरीनै लघुवित्ततर्फ एक लाख १७ हजार सात सय ३० जना ऋणीको पाँच अर्ब ५५ करोड रुपैयाँ बराबरको कर्जा सुरक्षण गरिएको छ । मझौला तथा साना उद्यम कर्जा आठ सय ६७ जना ऋणीको ५७ करोड र एक हजार चार सय ९५ जनाको ७४ करोड कृषिकर्जा सुरक्षण भएको छ ।

कोष ६ अर्ब ५करोड लगानी

 

कोषले विभिनन बैंक तथा वित्तीय संस्थामा ६ अर्ब पाँच करोड लगानी गरेको छ । ‘क' वर्गको वाणिज्य बैंकमा २६ करोड, सरकारी विकास ऋणपत्रमा पाँच अर्ब ८० करोड र वाणिज्य बैंकको मुद्दती खातामा केही रकम लगानी गरेको छ । तत्कालीन निक्षेप तथा कर्जा सुरक्षण निगमले २०६७ सालको फागुनबाट निक्षेप तथा कर्जा सुरक्षण गर्न थालेको हो ।

स्रोत: http://annapurnapost.com/news/76701

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More