डेढ महीनामै ६ हजार ७०७ जनामा देखियो डेंगी

September 08, 2022

हिमालखबर, भदौ २३, २०७९
केही दिनयता तीव्र रूपमा फैलिंदै गएको डेंगी सातै प्रदेशका ६ हजार ७०७ जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बुधबारसम्म ७५ जिल्लाका ६ हजार ७०७ जनामा डेंगी पुष्टि भएको हो। हजारौंमा डेंगीको लक्षण देखिएको छ।

साउन दोस्रो सातादेखि काठमाडौंमा डेंगी देखिन थालेको हो। अहिले भने सातै प्रदेशका ७५ जिल्लामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ।

डेंगीको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा देखिएको छ। अहिलेसम्म बागमतीका पाँच हजार ६६ जनामा डेंगी देखिएको छ।

डेंगीबाट कसरी बच्ने?

दिउँसै टोक्ने लामखुट्टेले सार्छ डेंगी
दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन्।
सोमबार, १३ भदौ, २०७९
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, लुम्बिनीमा ९३३, प्रदेश १ मा २५६, सुदूरपश्चिममा १६१, गण्डकीमा १२८, मधेशमा ११९ र कर्णालीमा ४४ जनामा डेंगी देखिएको छ।

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगी देखिएको थियो। त्यसयता बर्सेनि डेंगीको संक्रमण देखिंदै आएको छ। यस वर्ष भने प्रकोपकै रूपमा फैलिन थालेको छ।

डेंगीको प्रकोप देखिएका जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ। विशेष गरेर डेंगीको संक्रमण देखिएका सातै प्रदेश, ७५ वटै जिल्ला र १३९ स्थानीय तह अभियान शुरू गरिएको छ।
स्रोत: https://www.himalkhabar.com/news/132074

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More