डोल्पामा ३५ करोड २२ लाख फ्रिज

July 31, 2019

विष्णुप्रसाद देवकोटा, नागरिक, साउन १५, २०७६ 

डोल्पा– कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त भएको विकास बजेट समयमै खर्च हुन नसकेर फ्रिज भएको छ। विकासको लागि आएको ३५ करोड २२ लाख ६१ हजार रुपैयाँ समयमै काम नगरेर फ्रिज भएको हो। 

आर्थिक वर्ष ०७५÷०७६ का लागि प्रदेश सरकारबाट चालु तर्फ ३७ करोड ७९ लाख ४६ हजार प्राप्त भएकोमा ३० करोड ३ लाख ९५ हजार मात्र खर्च भयो। जसमा ७ करोड ७५ लाख ५१ हजार फ्रिज भएको छ। यसैगरी पुजिँगततर्फ ५४ करोड १ लाख २० हजार प्राप्त भएकोमा ४३ करोड १ लाख १ हजार मात्र खर्च भयो भने ११ करोड १९ लाख रुपैयाँ फ्रिज गएको हो। यसैगरी संघीय सरकारबाट चालु तर्फ २ अर्ब ५ करोड ६६ लाख ४४ हजार प्राप्त भएकोमा १ अर्ब ९१ करोड २९ लाख ५८ हजार खर्च भयो। १४ करोड ३६ लाख ८६ हजार रुपैया कामै नगरेर फ्रिज भएको छ। पुजिँगत तर्फ १३ करोड ६६ लाख ७ हजार प्राप्त भएकोमा ११ करोड ५५ लाख ५१ हजार खर्च भयो। जसमा २ करोड १० लाख ५६ हजार रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोल्पाका नवराज सुवेदीले बताए।

डोल्पामा सबैभन्दा बढी  जिल्ला वन डिभिजन कार्यालयमा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएको रकम फ्रिज गएको छ। घरवास कार्यक्रम, पर्यटन पदमार्ग, हाइटेक वृक्षारोपण, तटबन्ध र सडकलगायतका शिर्षकमा प्राप्त भएको १२ करोड ७३ लाख रुपैयाँ समयमै काम नहुँदा फ्रिज भएको जिल्ला वन डिभिजन कार्यालय दुनैका नरबहादुर क्षेत्रीले बताए।

कतिपय कार्यक्रम शीर्षकको रकम ढिला गरी प्राप्त भएको कारण त कतिपय सम्झौता गरेर पनि समयमा काम नभएका कारण बजेट फ्रिज भएको हो।
डोल्पामा वर्ष भरिको राजस्व ११ करोड १० लाख ५४ हजार
डोल्पाका ८ वटा स्थानीय तह र प्रदेश मातहतका कार्यालयहरुबाट गरेर आर्थिक वर्ष ०७५÷०७६ मा ११ करोड १० लाख ५४ हजार रुपैयाँ मात्र राजश्व उठेको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार ८ वटा स्थानीय तहहरुबाट १० करोड २२ लाख ९१ हजार ९१४ रुपैयाँ राजश्व उठेको हो। यसैगरी प्रदेश मातहतका जिल्लास्थित कार्यालयहरुबाट ८७ लाख ६३ हजार ६३ रुपैयाँ मात्र राजश्व दाखिला भएको कोषले जनाएको छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/84702/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More