तनहुँको म्याग्देमा पहिलो महिला प्रमुख

May 18, 2017

Karobar daily, Krishna Neupane, 18th May 2017, Damauli

तनहुँको गाउँपालिकामा पहिलो महिला प्रमुखको रुपमा माया राना विजयी भएकी छिन् । बिहीबार बिहान सम्पन्न मतगणना अनुसार म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी नेतृ माया राना विजयी भएकी हुन् । 

राना १ हजार मत अन्तरले गाउँपालिकाको अध्यक्षमा विजयी भएकी हुन् । रानाले ४५६४ मत प्रीप्त गरिन् । प्रतिद्वन्दी एमालेका श्रीप्रसाद श्रेष्ठले ३५६४ मत प्राप्त गरेका छन् ।

राना नेपाली कांग्रेस तनहुँका पुर्व सभापति स्व. ताराराज रानाकी श्रीमती समेत हुन् । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा समेत कांग्रेसकै बालकृष्ण घिमिरे विजयी भएका छन् । 

उनले ४७१४ मत प्राप्त गरे भने प्रतिद्वन्दी एमालेकी रत्ना घिमिरेले ३२६० मत प्राप्त गरिन् । उक्त गाउँपालिकाको वडा नम्बर १,३,४,५ कांग्रेसले जितेको छ भने २,६,७ एमालेले जितेको छ । 

वडा नम्बर १ मा नेकाका शिव शरण वाग्ले ,२ मा एमालेका चन्द्र बहादुर रानाभाट ,३ मा नेकाका सिरी बहादुर थापा ,४ मा नेकाका प्रेम बहादुर थापा ,५ मा नेकाका शिव बहादुर आले, ६ मा एमालेका बसन थापा र ७ मा एमालेकै पदमा राज वाग्ले निर्वाचित भएका छन् ।

Source: http://www.karobardaily.com/news/78438

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More