तनहुँमा तेस्रो किस्ता लिने ८ प्रतिशत

December 20, 2018

पवन पौडेल, अन्नपुर्ण, ०५ पुष २०७५ 

दमौली : तनहुँका भूकम्पपीडितले पुनर्निर्माणका लागि सरकारबाट एक अर्ब ५१ करोड ७ लाख ५० हजार रुपैयाँ बुझेका छन्। पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ दमौलीमार्फत उल्लिखित परिमाणमा रकम चालु आर्थिक वर्षको मंसिर तेस्रो सातासम्म मात्र ४९ करोड ३१ लाख ५० हजार रुपैयाँ वितरण गरिएको छ। जसअन्तर्गत चालु आर्थिक वर्षमा पूर्ण घर क्षति भएका ९३ घरधुरीले नयाँ घर बनाउन पहिलो किस्ताबापत ४६ लाख ५० हजार रुपैयाँ बुझेका छन्।

यही आर्थिक वर्षमा दुई हजार पाँच सय ९८ घरले दास्रो किस्ताबापत ३८ करोड ९७ लाख रुपैयाँ रकम बुझेका छन्। तेस्रो किस्ताबापत नौ सय ८८ परिवारले नौ करोड ८८ लाख रुपैयाँ बुझेका छन्। चालु आर्थिक वर्षमै १२ घरले सबलीकरणका लागि ६ लाख रुपैयाँ अनुदान लगेका छन्।

तनहुँमा भूकम्पका कारण पूर्ण रूपमा क्षति भएका १३ हजार आठ सय २१ तथा आंशिक क्षति भएका चार सय ६६ गरी १४ हजार दुई सय ८७ घरधुरी छन्। तर, प्राधिकरणको तथ्यांकले १२ हजार आठ सय ३३ घरले मात्र हालसम्म पहिलो किस्ता रकम लगेको देखाएको छ। आंशिक क्षति भएका दुई सय ३६ घरले पहिलो किस्ता बुझेका छन्। पहिलो किस्ता बुझ्नेको कुल संख्या १३ हजार ६९ पुगेको छ।

यसबाहेक प्राधिकरणबाट दोस्रो किस्ता लैजाने घर संख्या भने कम छ। प्राधिकरणका अनुसार पाँच हजार १४ घरधुरीले मात्र हालसम्म दास्रो किस्ता बुझेका छन्। तेस्रो किस्ता लिनेको संख्या झनै कम छ। तेस्रो किस्ताको रकम बुझेका परिवार एक हजार ५१ मात्र छन्। यस आधारमा कुल क्षति भएका मध्ये करिब आठ प्रतिशत परिवारले मात्र तेस्रो किस्ता पाएका छन्। पहिलो किस्ता लग्ने धेरै भए पनि उनीहरूको कार्य प्रगति सुस्त रहँदा दोस्रो र त्यसपछिको किस्ता लिन योग्य नभएकाले संख्या घट्दै गएको प्राधिकरण बताउँछ।

सोर्त:http://annapurnapost.com/news/115657

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More