सम्झना रसाइली, कान्तिपुर, चैत्र १२, २०७६
तनहुँ — तनहुँमा लकडाउनको अटेर गरी राजमार्ग तथा सदरमुकाम आसपासका क्षेत्रमा गुडाइएका १९३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।
जिल्लाको सदरमुकामस्थित ट्राफिक चोक । तस्बि्रः सम्झना रसाइली/कान्तिपुर
१८९ मोटरसाइकल/स्कुटर, २/२ वटा ट्रक र जिप नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीले बताए।
उनले भने,‘लकडाउनको बेवास्ता गरी अनावश्यक रुपमा सडकमा गुडेएका स्थानीय सवारीसाधन नियन्त्रणमा लिइएको हो। लकडाउन पछि नै सवारी साधानलाई छोडिने छ।’
स्रोत: https://ekantipur.com/news/2020/03/25/158512773544172999.html