News

तरकारी बजार सञ्चालनमा ढिलाइ

November 18, 2019

विनोद सुवेदी, नागरिक, मङ्सिर ०२, २०७६

विराटनगर – मोरङको कटहरीमा निर्माण भएको तरकारी बजार उद्घाटन भएको एक वर्ष पुग्न लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन। बजार सञ्चालनको कार्यविधि प्रदेश सरकारले बनाउन ढिलाइ गर्नु, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय अभावलगायत  कारण प्रदेशकै नमूना तरकारी बजार उद्घाटन भएको लामो समयसम्म सञ्चालनमा आउन नसकेको हो।

विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकारअन्तर्गतको  व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले  तरकारी बजार निर्माण गरेको थियो। प्रदेश सरकारले तरकारी बजार सञ्चालनको तयारी अन्तिम चरणमा पुगिसकेको दाबी गर्दै आएको छ। तर, दाबीअनुसार व्यवहारिक रुपमा बजार सञ्चालनको तयारी भने भएको छैन। विराटनगर महानगरपालिका र कटहरी गाउ“पालिकाको पहलमा बजार निर्माण गरिएको भए पनि संघीय सरकारले प्रदेश सरकारलाई बजार हस्तान्तरण गरेपछि दुवै स्थानीय तह असन्तुष्ट छन्।

विराटनगर महानगरपालिका र कटहरी गाउ“पालिकाले प्रदेश सरकार मातहतको बजार भएकाले सञ्चालनका लागि प्रदेश सरकारले नै जिम्मेवारी लिनुपर्ने बताउ“दै आएका छन्।   तरकारी बजार उपयुक्त स्थानमा नभएको र पर्याप्त पूर्वाधारसमेत नभएको भन्दै गुद्री बजारका व्यापारीसमेत असन्तुष्ट देखिएका छन्। खोला किनाराको बजार भएकाले ठूलो बाढी आउ“दा डुवानमा पर्ने खतरा रहेको व्यवसायी बताउ“छन्। यति मात्रै हैन थोक तरकारी बजार भएकाले ठूला मालबाहक सवारीसाधन सञ्चालन गर्न सकिने किसिमको सडकसमेत नभएको व्यापारीको गुनासो छ।

तरकारी बजार सञ्चालनका लागि पूर्वाधार पर्याप्त नरहेको विराटनगर गुद्रीका व्यवसायी मालबाबु सहनीले बताए। उनले भने, ‘तरकारी बोकेको ट्रक पुग्ने सडक नै छैन कसरी बजार सञ्चालन हुन्छ ?’ गत वर्षको बाढीले सिंघिया खोलाको पुलमा समेत क्षति पु¥याएको उनले बताए। सडक, पुललगायत पूर्वाधारको अवस्था कमजोर रहेको र सधैं बाढीको त्रास हुने भएकाले तरकारी बजार सञ्चालनमा समस्या हुने सहनीले बताए। 

गुद्री बजार व्यवस्थापन समितिका सचिव अहमद साहव गुड्डुले उपभोक्ता र व्यापारी दुवैलाई पायक नपर्ने भएकाले सिंघिया खोला पारी निर्माण भएको बजारमा व्यापारी जान सहमत नभएको बताए। उनले सबैलाई पायक पर्ने स्थानमा तरकारी बजार निर्माण गर्न आफूहरूले दिएको सुझाव नमानेका कारण बजार स्थानान्तरणमा समस्या आउने गुड्डुले स्पष्ट पारे। उनले भने, ‘व्यापारी जान नमान्ने भएकाले आधुनिक तरकारी बजार सञ्चालनमा समस्या आउने देखिन्छ।’

यता भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालय प्रदेश १ ले भने तरकारी बजार सञ्चालनको तयारी भइरहेको जनाएको छ। मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले तरकारी बजार सञ्चालनका लागि प्रकृया अघि बढिसकेकाले डेढ महिनाभित्रै सञ्चालन गरिने दाबी गरे। ‘बजार सञ्चालनको प्रकृया अघि बढिसकेकाले डेढ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,’ पोखरेलले भने। तरकारी बजार सञ्चालनका लागि प्रदेश सरकारस“ग कार्यविधि र आबश्यक नियम कानुनसमेत नभएकाले समस्या भएको उनले बताए।

पोखरेलका अनुसार तरकारी बजारको स्टल निर्माणको काम सकिसकेको र स्टलको मूल्य निर्धारणका लागि समितिसमेत गठन गरिसकिएको छ। बजार सञ्चालनका लागि कटहरी फलफूल, तरकारी थोकबजार सञ्चालन समिति गठन हुने र सोही समितिले बजार सञ्चालनको जिम्मेवारी पाउने पोखरेलले बताए। हाल प्रदेश १ को कृषि विकास निर्देशनालयको प्रमुखको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेर बजार सञ्चालनको तयारी थालिएको छ। 

हालसम्म गुद्रीका व्यवसायीस“ग समेत प्रदेश सरकारले बजार स्थानान्तरण गर्ने विषयमा छलफल गरेको छैन। विराटनगरको मुख्य बजार क्षेत्रमा सञ्चालित गुद्री बजारका व्यवसायीलाई विश्वासमा लिएर तरकारी बजार सञ्चालनमा ल्याउनु प्रदेश सरकारका लागि चुनौति बनेको छ। तरकारी बजारमा उपभोक्ता र बिक्रेताले अत्याधुनिक सेवा सुविधा पनि पाउने व्यवस्था गरिएको छ। तरकारी बजारमा बैंकिङ सेवा, खानेपानी, विद्युत्लगायत सबै किसिमका सुविधा उपलब्ध छन्। तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका लागि छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ। बजारमा एक हजार चार सय ८८ स्क्वायर मिटरको १७ वटा होलसेल पसल छन्।

यस्तै तीन सय ५१ स्क्वायर मिटरमा रिटेल बजार निर्माण गरिएको छ। अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन्। बिचौलियाको मारमा परेका किसानको समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको हो।    किसानका लागि एक सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल राख्ने व्यवस्था मिलाइएको छ। बजारलाई सफा र सुन्दर राखिराख्न फोहोर व्यवस्थापनको पक्षलाई पनि विचार पु¥याइएको छ। तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ। बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युवेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था पनि गरिएको छ। 

बजार निगरानीका लागि सिसी क्यामेरासमेत जडान गरिएको छ। बजारमा अन्डरग्राउन्ड फायर फायरिङको व्यवस्था पनि गरिएको छ। बजारको क्षमता दैनिक ४४ हजार नौ सय ६६ मेट्रिकटन तरकारी र आठ हजार सात सय तीन मेट्रिकटन फलफूल बिक्री गर्न सकिने  छ।  तरकारी बजार करिब १८ करोड रुपैया“ लगतमा निर्माण गरिएको हो।

श्रोतःhttps://nagariknews.nagariknetwork.com/news/102988/