तरार्इमा छठको रौनक

October 22, 2017

मदन ठाकुर, नागरिक दैनिक, ०५ कार्तिक २०७४

रौतहट – दीपावली सम्पन्न भएसँगै लोकपर्व छठको रौनक बढेको छ । छठको तयारी व्रतालुहरूले गर्न थालेका छन् । गोवद्र्धन पूजा भएकै दिन छठपर्वको पवित्र सामग्री बनाउन काँचो माटोको चुलो बनाउने काम सुरु हुन्छ । व्रतालु महिलाहरूले छठको सामग्री बनाउने चुलो बनाउन थालेका छन्। कुकुरले नभेटाउने ठाउँमा व्रतालु महिलाहरूले चुलो बनाउने काम गरेका छन्।

छठ पर्वमा चाहिने सामग्रीहरूको जोहो गर्न थालेका छन् । घरमा निर्माण गरिने सामग्रीहरूको पनि जोहो गर्दै व्रतको लागि बजारबाट किनेर ल्याइने सामग्रीको पनि किनमेल सुरु भएको छ । बजारहरूमा छठको पूजा र कपडा किन्नेहरूको भीड लाग्न थालेको छ । भारतको सिमावर्ती सितामढी जिल्लाको बैरगनिया र पूर्वी चम्पारण जिल्लाको घोडासहन बजारमा नेपाली क्रेताहरूको बढ्दो भीडले बिहान ६ बजेदेखि राति ९ बजेसम्म पसलहरू खुल्न थालेका छन् । एकाबिहानैदेखि अबेर रातसम्म बजारमा मानिसहरूको भीड बढेको देखिएको छ।

व्रतालुहरूले छैंटी, डलिया, घैटो, ढक्कन, सरबा, सुपली लगायतका सामानहरू व्रतालुहरूले घरमा ल्याइरहेका छन् । यसै गरी साठी धानको खोजी पनि गरेका छन् । लोप हुँदै गएको साठी धानको महत्व छठमा निकै रहेको छ । कसार, ठेकुवा तथा अन्य पकवानको लागि गहुँ, सरिहन धान लगायतको जोहो व्रतालुहरूले गर्न थालेका छन्।

छठ पर्वको लागि घाटहरू सजाउन सुरु भएको छ । साँझको अर्घ दिएर बिहानको अर्र्घ दिनको लागि अधिकांश ठाउँमा राति बास बस्ने व्यवस्था मिलाउन छठ घाट सजाइन सुरु भएको छ । हरेक गाउँमा रहेको नदी तथा पोखरीको छठ पर्व हुने किनारलाई टेन्ट लगाएर सजाउने काम भइरहेको देखिएको छ। छठ पर्वको एक हप्ता पनि बाँकी नहुँदा घाट सजाउन जनप्रतिनिधिहरूको ध्यान पनि तानिएको छ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि केही नगरपालिकाले छठ घाट सजाउन औपचारिक निर्णय नै गरेका छन् । रौतहटको गढीमाई नगरपालिकाको बोर्ड बैठकले प्रत्येक वडाको छठ घाट सजाउन ४० हजार रुपैयाँको दरले बजेट निकासा गरेको छ। अधिकांश नगरपालिका तथा गाउँ पालिकाहरुले बाढीबाट क्षतिग्रस्त सडक तथा बाटोहरूलाई छठ घाटसम्म पु¥याउन मम्र्मत गर्न थालेका छन्।

छठ पर्वको समयमा चोरी, लुटपाट लगायतको अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षा समन्वय मिलाउन निर्देशन दिएको र छठ पर्वको सम्वेदनशीलतालाई विचार गरेर सबैले लोकपर्व शान्तिपूर्ण वातावरणमा मनाउने अवस्था मिलाएको प्रजिअ थापाले बताएका छन्।

स्रोत: http://www.nagariknews.com/news/29084/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More