तरार्ईमा ९२ प्रतिशत खेतमा धान रोपाइँँ

August 29, 2017

किरण आचार्य, कारोबार आर्थिक दैनिक, १३ भाद्र २०७४ 

निरन्तरको वर्षाले डुबानमा परेको तराईमा धान रोपाइँँ भने उल्लेख्य रहेको देखिएको छ । कृषि विकास मन्त्रालयका अनुसार सोमबारसम्म तराईको धान रोपाइँँयोग्य क्षेत्रमध्ये ९१.६२ प्रतिशत क्षेत्रमा रोपाइँँ सम्पन्न भएको छ । 

तराईको ८० प्रतिशत क्षेत्र डुबानमा परेलगत्तै मन्त्रालयले ८० प्रतिशत धानखेत नष्ट हुने अनुमान गरेको थियो । प्रभावित क्षेत्रको अध्ययनपश्चात भने २० प्रतिशत धानखेत मात्र नष्ट भएको मन्त्रालयले जनाएको छ ।

“मन्त्रालयले तराईको गाम्भीर्यतालाई मध्यनजर गरेर सम्बन्धित क्षेत्रमा गम्भीर अध्ययन गर्दा पूर्वअनुमानितभन्दा कम मात्र असर परेको पाइएको छ,” मन्त्रालयका प्रवक्ता डा. योगेन्द्रकुमार कार्कीले भने, “मौसममा सुधार आइरहेको छ, यो वर्ष रोपाइँँको प्रतिशत ९५ प्रतिशत नाघ्नसक्छ ।” धान उत्पादन बढाउन मन्त्रालयले विशेष कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए । 

मन्त्रालयका अनुसार सोमबारसम्म मुलुकभर ९३ प्रतिशत क्षेत्र अर्थात् १४ लाख ४१ हजार हेक्टरमा धान रोपाइँ सकिएको छ । जसमध्ये उच्चपहाडमा ९९.९२ प्रतिशत र मध्यपहाडमा ९७.८३ प्रतिशत रोपाइँ सकिएको छ ।

क्षेत्रफलको हिसाबले सबैभन्दा बढी रोपाइँयोग्य क्षेत्र तराईमा पर्दछ । सोमबारसम्म तराई क्षेत्रको ९ लाख ९२ हजार हेक्टरमा रोपाइँ सकिएको छ । मध्य पहाडमा ३ लाख ९१ हेक्टर र ५८ हजार हेक्टरमा रोपाइँ सकिएको छ । मुलुकभर धान रोपाइँयोग्य क्षेत्रफल र  १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर रहेकोमा यो वर्ष रोपाइँ हुन बाँकी क्षेत्रफल १ लाख ११ हजार हेक्टर बाँकी छ । 

तथ्यांकअनुसार सबैभन्दा बढी सुदुरपश्चिम क्षेत्रमा शतप्रतिशत रोपाइँ सकिएको छ । मध्यपश्चिममा ९९.३४ र पश्चिमाञ्चलमा ९९.२५ प्रतिशत रोपाइँ सकिएको छ । सोमबारसम्म पूर्वाञ्चलको औषत रोपाइँ प्रतिशत ९२.२ प्रतिशत पुगेको छ भने मध्यमाञ्चलका जिल्लाको औषत रोपाइँ ८३.५६ प्रतिशत छ ।

मध्यमाञ्चलको तराई भेगका धनुषा, महोत्तरी, सर्लाही, पर्सा, बारा, रौतहट र चितवनको औषत रोपाइँ प्रतिशत ७८.६६ प्रतिशत मात्र छ भने पूर्वी तराईका झापा, मोरंग, सुनसरी, सिराहा र सप्तरीको औषत रोपाइँ ९०.६० प्रतिशत छ । यी जिल्लाहरू नेपालकै सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामा पर्दछन् । 

मन्त्रालयका अनुसार प्रकोपका कारण १ लाख २६ हजार २ सय ८२ हेक्टरको धान खेत प्रभावित भएकोमा २५ हजार ६ सय ३२ हेक्टरको धानमा क्षति पुुगेको छ । क्षतिग्रस्त धानखेतबाट हुने १ अर्ब ७२ करोड ७६ लाख रकम बराबर छ ।

“बाढी पहिरोको प्रभावका बाबजुद पनि यो वर्ष उत्पादन ५२ लाख टनबाट ५४ लाख टन पु¥याउने हाम्रो लक्ष्य छ,” प्रवक्ता कार्की भन्छन्, “रोपाइँको क्षेत्रसँगै मल, बीउ र प्रविधिको थप व्यवस्थापनसँगै उत्पादकत्व बढाएर लक्षित खाद्यान्न उत्पादनका केन्द्रित छौं ।” मन्त्रालयले धानखेत नष्ट भएको क्षेत्रमा छरुवा धान र वैकल्पिक खेति प्रवद्र्धन गर्ने भएको छ । 

स्रोत: 

https://www.karobardaily.com/news/81872

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More