तीन सय बढी क्षयरोगका बिरामी

May 07, 2019

नागरिक, बैशाख २४, २०७६ 

रोल्पा - रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन्। यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको पाइएको छ। स्वास्थ्य कार्यालय रोल्पाका अनुसार जिल्लामा १८७ यस्ता बिरामीमा खतरनाक कीटाणु देखिएको छ।

यसैगरी फोक्सोमा क्षयरोग भएका ३३ बिरामीले उपचार गराएका छन्। तीन बिरामीको भने अन्य अङ्गमा यस्तो रोग देखिएको स्वास्थ्य कार्यालय रोल्पाकासूचना अधिकारी नोखराज पोखरेलले जानकारी दिए। क्षयरोग परीक्षणमा आउनेमध्ये ९८ प्रतिशतलाई एचआइभीको समेत परीक्षण गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ। जिल्लामा एक हजार ६४४ शङ्कास्पद क्षयरोगका बिरामीले खकार परीक्षण गराएका थिए।

क्षयरोग परीक्षणका लागि खकार सङ्कलन गरी कुरियरमार्फत पठाउने गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए। “खकार परीक्षणको सुविधा सबै ठाउँमा उपलब्ध नहुँदा यस्तो सेवा दिने गरेका छौँ”, पोखरेलले भने। जिल्लाको पूर्वी र दक्षिणी भागमा क्षयरोगका बिरामी बढी देखिएको स्वास्थ्य कार्यालयलले जनाएको छ। शारीरिक अवस्था कमजोर भएका व्यक्तिमा यस्तो रोग लाग्ने गरेको बताइन्छ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/76166/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More