तीन हजार हेक्टर धान खेत बाँझै

September 21, 2017

गोपाल शर्मा, अन्नपुर्ण पोस्ट, ०५ असोज २०७४ 

घोराही : दाङमा यस वर्ष तीन हजार हेक्टर खेत बाँझै छ । पर्याप्त सिँचाइ नहुँदा तीन हजार हेक्टर खेत बाँझै रहेको जिल्ला कृषि विकास कार्यालय दाङले जानकारी दिएको छ । जिल्लामा धानखेती हुने खेतीयोग्य जमिन ३६ हजार पाँच सय हेक्टर रहेको कार्यालयको भनाइ छ । यसमध्ये यस वर्ष ३३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा मात्र धानखेती भएको छ ।

खेतीयोग्य जमिन ६९ हजार हेक्टर जिल्लामा भए पनि केही जमिन घडेरीमा जाँदा विगतका वर्षदेखि ३६ हजार पाँच सय हेक्टरमा धानखेती हुँदै आएको कार्यालय दाङका धानबालीविज्ञ दिगम्बर यादवले जानकारी दिए । तर यस वर्ष तीन हजार हेक्टरमा धान खेती हुन नसकेको उनले बताए । खेतीका समयमा वर्षा नहुँदा खेतीयोग्य क्षेत्रफलमा खेती हुन नसकेको उनले बताए । वर्षा कम हुँदा यस वर्ष दाङमा धानखेतीमा कमी आएको उनको भनाइ छ ।

बर्सेनि खाद्य बाली उत्पादनशील क्षेत्र घट्दै जाँदा दाङ खाद्य सुरक्षा जोखिममा परेको जिल्ला कृषि विकास कार्यालय दाङका प्रमुख दीपककुमार शर्माले बताए । खाद्य सुरक्षाका लागि दाङमा बीउ उत्पादन तथा उन्नत बाली उत्पादनका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरे पनि खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै जाँदा दाङ खाद्य सुरक्षाको जोखिममा पर्दै गएको उनको तर्क छ । बर्सेनि १० प्रतिशत खेतीयोग्य जमिन अव्यवस्थित कटान घरघडेरीमा परिणत हुँदा उत्पादन र उत्पादन क्षेत्र घट्दै गएको उनले बताए । एकीकृत जमिन व्यवस्थापनको अवधारणा लागू गरी कृषियोग्य जमिनको बचाउ र खाद्य सुरक्षामा दाङलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ ।

हाइब्रिड धानमा रोग

दाङका खेतमा लगाइएको हाइब्रिड धानमा रोग देखिएको छ । जिल्लाका विभिन्न स्थालमा लगाइएको धानबालीमा रोग देखिन थालेको जिल्ला कृषि विकास कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला कृषि विकास कार्यालय दाङले जिल्लाको धानबालीमा संक्रमण देखापरेको जनाएको छ । जिल्ला कृषि विकास कार्यालय दाङका धान विकास अधिकृत यादवका अनुसार हाईब्रिड धानबालीमा ब्याट्रएल लिप लाइट रोग देखापरेको हो ।


बर्सेनि खाद्य बाली उत्पादनशील क्षेत्र घट्दै जाँदा दाङ खाद्य सुरक्षा जोखिममा परेको छ ।

ढिलो रोपाइँ भएको र वर्षासमेत नियमित नहुँदा धानबालीमा रोग देखा पर्न थालेको उनको भनाइ छ । जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये आठ हजार हेक्टर जमिनमा ब्याट्रएल लिप लाइट नामक रोग देखापरेको छ ।

स्रोत: 

http://annapurnapost.com/news-details/80778

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More