त्रिवि शिक्षण अस्पतालमा मानव अङ्गबाट बायो ग्याँस

July 03, 2018

नागरिक दैनिक, १९ असार २०७५

शिक्षण अस्पताल महाराजगन्जमा मानव अङ्गबाट बायो ग्याँस निकालिएको छ। अहिले परीक्षणको रुपमा छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन शुरु गरिएको हो।

न्युरो, सर्जिकल, अति सघन कक्ष (आइसीयू) र मृगौला रोगसँग सम्बन्धित (नेफ्रो वार्ड) बाट निस्कने रगतजन्य फोहोर, शल्यक्रियाका क्रममा निस्कने शरिरका विभिन्न अङ्गहरुलाई अलग्गै संकलन गरि बायो ग्याँस निकालिएको छ। बायो ग्याँसका लागि मानव अङ्गका अतिरिक्त फ्याँकिएका खानेकुरा र कुहिने फोहोरलाई प्रयोग गरिएको छ।यहाँ उत्पादित ग्याँस अस्पतालको भान्सामा प्रयोग गरिएको छ भने पानी तताएर प्रशोधन गर्ने काममा पनि सदुपयोग गरिएको छ।

अस्पतालजन्य फोहोरको संक्रमणको जोखिम अत्यधिक रहन्छ । शिक्षण अस्पतालको नयाँ प्रयोगलाई अन्य अस्पतालले पनि पछ्याउनु जरुरी देखिन्छ।

शिक्षण अस्पतालले बायो ग्याँस उत्पादन नगर्दासम्म अस्पतालको फोहोर काठमाडौ महानगरपालिकालाई बुझाइन्थ्यो जुन खुलम खुल्ला टेकुको संकलन केन्द्र हुँदै डम्पिङ साइट औखरपौवासम्म पुग्थ्यो। फोहोर जलाउँदा निस्कने धुवाँले वातावरण प्रदूषण हुने र महानगरपालिकाले ओखरपौवामा फाल्ने फोहोरमा कहिलेकाँही सुई र संक्रमित फोहोर मिसिदा थप जोखिम बढ्ने गरेको थियो।

स्रोत: http://ow.ly/4ACP30kMf3I

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More