News

दूधको भाउ बढ्यो

August 17, 2017

अन्नपुर्ण पोष्ट, ०१ भाद्र २०७४ 

दुग्ध विकास संस्थानले दूध र दुग्धपदार्थको भाउ बढाएको छ । प्रतिलिटर दूधमा ६ रुपैयाँ भाउ बढेको संस्थानका प्रबन्ध निर्देशक गंगा तिमिल्सिनाले बताए । बढेको मूल्यको चार रुपैयाँ १६ पैसा किसानले दूध बिक्री गर्दा पाउनेछन् ।

उद्योगको भागमा ८४ पैसा र दूध बेच्ने (बुथवाला)को कमिसन एक रुपैया“ बढेको छ । संस्थानले तीन वर्षपछि दूधको मूल्य समायोजन गरेको हो । भाउ बढेस“गै एक लिटर दूधको ४५÷४६ रुपैया“ पाइरहेका किसानले ५१ रुपैया“ पाउनेछन् । यसअघि दूधको मूल्य बढ्दा बुथवालाको कमिसन २०÷२५ पैसा बढ्थ्यो । यसपालि एकैपटक कमिसन बढाउनुमा बुथवालाले आर्थिक लेनदेन गरेको हुन सक्ने आशंका छ ।

मूल्य बढाएस“गै आधा लिटरको प्याकेटका लागि ३२ रुपैयाँ तिरिरहेका उपभोक्ताले ३५ रुपैया“ तिर्नुपर्नेछ । घिउ र पनिरको मूल्य प्रतिकिलो एक सय रुपैया“ बढेको छ । घिउको मूल्य प्रतिकिलो आठ सय रुपैया“ थियो । मिठाइको मूल्य १२ देखि १५ प्रतिशत बढेको छ । दूधको मूल्य बढ्नु स्वागतयोग्य भए पनि यसरी डेरी उद्योगलाई फाइदा नपुर्‍याएपछि डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले टिप्पणी गरे । एसोसिएसनले तीन वर्षसम्म दूधको मूल्य स्थिर रह“दा किसान र उद्योग मर्कामा परेको भन्दै समायोजन गर्न दबाब दिइरहेको थियो ।

तीन वर्षसम्म मूल्य स्थिर रहेका कारण हतोत्साही भएका किसानलाई चाहिँ राहत मिलेको उनले बताए । अहिले बढेको मूल्यबाट उद्योगलाई लिटरमा ८६ पैसा फाइदा भएको छ । तर दुई÷दुई वर्षमा कामदारको तलब बढाउनुपर्ने भएकाले ३१ पैसा त्यसमा जान्छ, बिजुलीको पैसा बढ्न थालेकोले २० पैसा त्यसैमा जान्छ । उनले भने, ‘उद्योगका लागि तीन वर्षपछि लिटरमा ३१ पैसामात्र बढ्यो ।’

स्रोत : http://annapurnapost.com/news/77905