News

देशका आठ स्थानमा उच्च जोखिमको साइरन बज्यो

August 12, 2017

छेटु शेर्पा, नागरिक दैनिक, २८ साउन २०७४ 

महिनादिन देखि कमजोर बनेको मनसुन बिहीबार दिउसो देखि सक्रीय हुदाँ देशभर बर्षा भइरहेको छ । दुई दिनदेखिको बर्षाले पूर्वी र मध्य क्षेत्रका बबर्इ र पश्चिम सेती नदीको आठ स्थानमा उच्चखतराको साइरन बजेको छ ।

२४ घण्टामा ववइ नदी अन्तरगत पर्ने चेपाङ स्टेशनमा १७२, तुल्सीपुरमा १७३, घोराहीमा १५८, पदमपुरमा १६४, अम्वपुरमा २८३ पानी परेपछि साइरन बजेको जल तथा मौषमविज्ञान विभागले जनाएको छ । यता पश्मिच राप्तीमा ४२७, नारायणीको मादि क्षेत्रमा २०५ र गोविन्दवस्तीमा १६७ मिलिमिटर पानी परेको वाढी पूर्वानुमान महाशाखाको तथ्याङक छ ।

यता ववइ नदिकै भादापुलमा पानीको सतह आठ मिटर नघेर उच्चजोखिम बढेको छ । यहाँ प्रतिसेकेन्ड १०२८ मीटरक्यूव पानी बगेकाले वाढीको खतरा बढेको हो । मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागमा बिद्यमान रहेको छ । यसले मनसूनी गतिविधि सक्रिय हुदाँ अझै केही दिन बर्षा हुने अनुमान विभागले गरेको छ ।

देशका अधिकांश स्थानमा बिहीबारदेखि भारी वर्षा भइ्रहेको छ । शनिबार र आइतबार पनि मनसुनी वर्षाको गतिविधि देश भरिनै सक्रिय हुदाँ भारी वर्षा हुने सम्भावना रहेको विभागको पुर्वनुमान छ ।

स्रोत :http://annapurnapost.com/news/77473