देशभरका १६ हजार युवालाई तालीम दिइने

January 25, 2018

नागरिक दैनिक, ११ माघ २०७४

व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ। 

आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालीम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए। 

परियोजनाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई तीन महिनाको उक्त तालीम दिन थालेको हो । “बेरोजगार युवालाई स्वरोजगार बनाउनका लागि तालीम सञ्चालन गर्न थालिएका हौं, उनले भने तालीमपश्चात उनीहरुको सीप परीक्षणसमेत गरिने छ।” 

परियोजनाले प्राविधिक शिक्षा तथा तालीम परिषद् (सिटीइभिटी)बाट सम्बन्धन प्राप्त संस्थामार्फत तालीम दिइने छ । इलेक्ट्रसियन, अटोमोबाइल, मोबाइल, भेटनरी, सिलाइकटाइ तथा व्यावसायिक कृषि तालीम प्रदान गर्ने परियोजनाका उपसचिव सुजनराज खनालले बताए। 

उनले परियोजनाले राष्ट्रियस्तरको पत्रिकामा सूचना निकालेर त्यस्ता समूहका युवालाई तालीमका लागि आह्वान गर्ने बताउनुभयो । सूचना निस्केपछि आफूले चाहेको विषयमा तालीम लिनका लागि दरखास्त दिन सक्ने छन्। 

दरखास्त दिएकालाई गरिबी सूचांकको आधारमा तालीममा समावेश गराइने छ । तालीम यही फागुन महिनादेखि सञ्चालन हुनेछ । एक जनाका लागि रु १८ हजार २०० देखि २२ हजार २०० सम्म खर्च हुने खनालले बताए।   (रासस)

स्रोत: http://www.nagariknews.com/news/35892/

फोटो स्रोत: https://karobarkhabar.com/news/1008

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More