News

दैनिक पाँच लाख लिटर दुध उत्पादन

July 18, 2017

श्रीराम के.सी., अन्नपुर्ण पोस्ट, ३ श्रावण  २०७४ 

मुलुकमै दुध उत्पादनका लागि पहिलो जिल्लाका रुपमा चिनिदै आएको काभ्रेका किसानले प्रति लिटर एक रुपैया अनुदान पाएका छन् । दुध उत्पादन बृद्धि गर्ने लक्ष्यका साथ सरकारले किसानलाई अनुदान दिने भएको हो । 

दैनिक ५ सय लिटर भन्दा बढी दुध संकलन गर्ने दुग्ध उत्पादन सहकारीलाई उक्त रकम दिइएको बरिष्ठ पशु विकास अधिकृत डा. नारयण बहादुर श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका १२ दुग्ध उत्पादन सहकारी संस्थाहरु मार्फत किसानलाई अनुदान दिने सुरु गरेका छौ । उहाका अनुसार आव २०७२/०७३ मा दुध संकलनका आधारमा रकम वितरण गर्न लागेको हो । जिल्लामा २ सय भन्दा बढी दुग्ध उत्पादन सहकारी छन तर अन्यले दैनिक ५ सय लिटर भन्दा कम दुध विक्रि वितरण गरेकाले रकम दिएका छैनौ । 

                 

श्रेष्ठका अनुसार आव २०७२/०७३ मा सेतीदेवी दुग्ध उत्पादन सहकारी रविओपीले १२ लाख ३४ हजार ९८९ लिटर , तिमाल दुग्ध उत्पादन सहकारी मंगलटारले ९ लाख ७८ हजार ४ सय ३५ लिटर, उमादेवी कुन्ताबेशीले ६ लाख ४० हजार ८ सय लिटर, रानीटार महादेवस्थानले ६ लाख २३ हजार ७१२ लिटर, अनेकोट दुग्ध सहकारी अनेकोटले ४ लाख १० हजार ४०८ लिटर दुध संकलन भएको थियो ।

त्यस्तै देउराली दुग्ध सहकारी रविओपीले २ लाख ९ हजार ८९४, शिखरपुर श्रीरामपार्टी पाँचखालले २ लाख १६ हजार लिटर, देवीबाचन दुग्ध सहकारी रानीटारले २ लाख ४७ हजार ८१२ लिटर, ठुल्दीवेशी ज्याम्दीले ३ लाख ५४ हजार ८९० लिटर, देउराली दुग्ध सहकारी रविओपीले २ लाख ९८ हजार लिटर, ब्रहयणी दुग्ध सहकारी देउपुरले १ लाख ८३ हजार छ सय लिटर, कालीदेवी पात्लेखेतले २ लाख ९० हजार ५६७ लिटर र इन्द्रावती मण्डनदेउपुर दुग्ध उत्पादन सहकारीमा २ लाख ७० हजार लिटर दुध संकलन भएको थियो । 

जिल्लामा उक्त सहकारीहरले आव २०७२/०७३ मा ५६ लाख ६० हजार ८ सय २ लिटर दुध संकलन गरेका थिए । त्यस कै आधारमा अनुदान रकम दिइएको हो । जिल्लामा दैनिक पाचँ लाख लिटर भन्दा बढी दुध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । काभ्रे दुधमा आत्मर्निभर जिल्ला घोषणा भईसकेको छ । काभ्रेका दैनिक दुई करोड रुपैया भन्दा बढी जिल्ला भित्रने गरेको छ । जिल्लामा ५० हजार घर परिवार पशुपालन पेशामा आबद्ध छन् ।

स्रोत : http://annapurnapost.com/news/75544