न्युज २४, ८ असार, २०७४
काठमाण्डौं तराई द्रुतमार्ग निर्माणको कार्यविधि मन्त्रिपरिषदबाट पारित, एशियाली विकास बैंकको सहुलियत ऋणका लागि सहसचिव स्तरीय वार्ता समिति गठन ।
सरकारले काठमाडौं तराई द्रुतमार्गको निर्माण छिटो सम्पन्न गर्ने कार्यविधि पारित भएको छ ।
सरकारले काठमाडौँ तराई जोड्ने निजगढ द्रुतमार्गलाई निर्माण गर्ने लगायतका विषयको कार्यविधि पारित गरेको हो ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पूर्ववर्ती सरकारले नेपाली सेनालाई दिएको काठमाडौं तराई द्रुतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि पारित गरेको हो ।
यो कार्यविधि पारित भएसँगै द्रुतमार्गलाई निर्माण गर्ने समयसीमा, लागतका विषयमा आंकलन गरेर सेनाालाई द्रुतमार्ग बनाउनका लागि सजिलो हुने छ ।
त्यसैगरि बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १ सय ५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरि बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा गरेको छ ।