धनगढी उपमहानगरको बजेट एक अर्ब ५८ करोड

June 24, 2019

कैलाश जोशी, कन्तिपुर, असार ०८, २०७६ 

धनगढी : धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब ५८ करोड चार लाख ४८ हजार रुपैयाँ बजेट ल्याएको छ।

आइतबार भएको चौथो नगरसभामा उपप्रमुख सुशीला मिश्र भट्टले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। उनले आगामी कुल बजेटमध्ये चालूतर्फ ७६ करोड ३६ लाख ४२ हजार र पुँजीगततर्फ ८१ करोड ६८ लाख पाँच हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिइन्। बजेट नीति तथा कार्यक्रममा आधिकांस योजनाहरूमा पुरानै कार्यक्रमले निरन्तारता पाएको छ।

कार्यक्रममा एक घर दुई विरुवा, जैविक फोहोरबाट वायो उर्जा तथा मल उत्पादन, एक वडा एक खेल मैदान जस्ता कार्यक्रमले निरन्तरता पाएको छ। पूर्वाधार विकासमा सुधारीएको सडक, कृष्षिमा आधुनिकिकरण र व्यावसायीकरणलाई जोड दिएको छ।

शिक्षा क्षेत्रमा गुणस्तर ल्याउने, सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधि तथा संचारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवर्द्धनको क्षेत्रमा विशेष जोडने कार्यक्रममा उल्लखे गरेको छ।

सामुदायिक वनको संरक्षण तथा ब्यबस्थापन र प्राकृतिक विपद् तथा पूर्व तयारी, राहत वितरण, पुर्नस्थापन, पुनःनिर्माणलाई प्राथमिकतामा राखेको छ।

कृषितर्फ जैविक खेती र बगरखेतीलाई प्रोत्साहन गर्ने जनाएको छ। यस्तै वडा नम्बर १२ मा द्धारिका देवि कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छ।

पशु विकास तर्फ छाडा पशुचौपयामा भ्याक्सीनेशन, पशुको नस्ल सुधार, पशु बिमा लगायतका कार्यक्रम समेटिएका छ। पर्यटन विकासका लागि कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकीय स्थल जोड्न खरिडोर तयार पार्ने, धनगढीका तालतलैयाहरूको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने कार्यक्रममा भनिएको छ।

सामाजिक विकास तर्फ बालबालिका किशोर किशोरी संग उप–मेयर कार्यक्रम, शिक्षा तर्फ असहाय र विपन्न संग मेयर कार्यक्रम, विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालवालिकालाई ‘झिकाउ, टिकाउ र सिकाउ’ कार्यक्रम संचालन गर्ने जनाएको छ।

स्थानीयतहले अवलम्वन गर्ने सबै प्रक्रिया पुरा गरेर, नगरवासीका मागहरूलाई श्रोत साधनले भ्याएसम्म समेट्ने प्रयत्न गरिएको उप–प्रमुख भट्टले बताएन्।

नगरपालिकामा कार्यान्वयन हुने तर, रातोकितावमा समावेश गर्न नपर्ने अनुदान तर्फको ५७ करोड ४२ लाख यस बजेटमा नसमेटिएको नगरसभा अध्यक्ष तथा उपमहानगरका प्रमुख नृपबहादुर वडले बताए। ‘समग्रमा बजेट बढेको छ। तर, यस पटक अनुदान नगरको बजेटमा समावेस नगर्ने परिपत्र भएकोले राखिएन’, उनले भने, ‘यस अघि अनुदानको अनुमानित रकमलाई पनि बजेटमै जोडर राखिने गरेको थियो।’

स्रोत: http://annapurnapost.com/news/130508

Newsletter

Submit your details below to receive Newsletters

Newsletter