धरानबाट १४ बालकसहित ३२ सडक मानवको उद्दार

September 07, 2022

रत्नप्रसाद आचार्य, अन्नपूर्ण पोष्ट, भदौ २२, २०७९

धरान : धरान उपमहानगरपालिकाभित्र सडकमा बसेर जीवन गुजारा गर्दै आएका ३२ सडक मानवलाई उद्धार गरिएको छ । मंगलबार राति १२ बजेतिर इलाका प्रहरी कार्यालय धरानको सहयोगमा धरान उपमहानगरपालिकाले उनीहरुको उद्दार गरेको हो । 

सडकमा जथाभावी हिँड्ने र बाटो काट्ने कारणले सवारी सञ्चालनमा असर पर्दै आएको थियो।

सडक मानवले गर्ने फोहोरका कारण धरान दुर्घन्धित भएको थियो । सडकमा जथाभावी बालकदेखि वृद्धावृद्धाहरु जथाभावी हिँड्ने र भेला गर्ने भएकाले  शान्ति सुरक्षामा असर पुर्‍याउँदै आएका थिए । धरानलाई सडक मानव मुक्त सहर बनाउने उद्देश्यले उनीहरुलाई उद्धार गरिएको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रा बेघााले बताए ।

 धरानको विभिन्न चोक र गल्लीमा बसेर कष्टकर जीवन विताउँदै आएका १४ बालक, पाँच महिला र १३ पुरुषलाई उद्धार गरिएको उनले बताए । उनीहरुलाई धरानको भानु चोक, बुद्ध चोक, लाघांली चोक, पुतली लाइन, छाता चोकलगायतका स्थानबाट उद्धार गरिएको हो।

उद्धार गरिएका महिलालाई माया घर इटहरी, बालकहरुलाई बालबालिका खोज तथा उद्दार केन्द्र बेलवारी, अन्यलाई भियोसी इटहरी र विराटेश्वर मानव आश्रम विराटनगरमा पठाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताएका छन् । 

बालबालिकासहित सडक मानवहरु लागुऔषद्य सेवन गर्ने र चोरी डकैतिका घटनामा संलग्न हुने गरेकाले उनीहरुको उद्दार गरिएको डीएसपी श्रेष्ठको भनाइ छ । 

स्रोत: https://www.annapurnapost.com/news/rescue-of-32-street-people-including-14-children-from-dharan-212296

Newsletter

Submit your details below to receive Newsletters

Newsletter