अनिल ढकाल, अन्नपुर्ण पोस्ट, ०३ पुष २०७४
भरतपुर : यस वर्ष चितवनमा वर्षे धान उत्पादनमा गिरावट आएको छ। बाढी र रोकको प्रकोपले धान उत्पादन घटेको हो। गत वर्षको तुलनामा यय वर्ष ४ दशमलव ६ प्रतिशतले उत्पादन घटेको छ। यस वर्ष चितवनमा ९७ हजार पाँच सय टन उत्पादन भएको छ।
गत साल एक लाख दुई हजार दुई सय टन उत्पादन भएको थियो। गत साउनको अन्तिम साता आएको बाढीले धानखेती नष्ट गरेको थियो। धानखेती गरिएको करिब दुई सय हेक्टरमा बाढीले क्षति पुर्यारएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ।
धानखेती लगाउने क्षेत्रफल बर्सेनि घट्दो छ। यस वर्ष धानखेती गर्ने ७५ हेक्टर क्षेत्रफलमा कमी आएको छ। यस वर्ष २९ हजार हेक्टरमा मात्रै धान खेती गरिएको हो। बाढीका कारण दुई हेक्टरमा लगाइएको धानखेती नष्ट भएकाले पनि धान उत्पादन कम भएको हो। गत वर्ष २९ हजार दुई सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। ‘धान उत्पादन कम हुनुको मुख्य कारण बाढी हो', जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले भने बाढीसँगै बर्सेनि क्षेत्रफल कम हुनु अर्को कारण हो।'
बाढीले सबैभन्दा बढी माडी क्षेत्रका खेतीयोग्य जमिनमा क्षति पुर्याधएको छ। माडीमा मात्रै करिब एक सय हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ। बाँकी एक सय हेक्टर पूर्वी चितवन तथा पश्चिम चितवनका खेतीयोग्य जमिन छ। चितवनलाई धानखेतीका लागि भण्डार नै मानिन्छ। पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायत क्षेत्रमा बढी उत्पादन हुने गर्छ।
सिँचाइको सुविधा भएकाले पनि जिल्लाको अन्य क्षेत्रभन्दा उक्त क्षेत्रमा धान उत्पादन बढी हुने तथ्यांक छ। वर्षे धान उत्पादन बढ्ने अनुमान गरिएको थियो। धानमा राते, गवारो रोगको प्रकोपले धानको गाँज नष्ट हुँदा पनि उत्पादनमा कमी आएको छ। यसपटक धानको उत्पादकत्व बढाउन तीन दशमलब ६ पुर्यादउने कृषि विकास कार्यालयको लक्ष्य थियो।
तर तीन दशमलव ३६ प्रतिशत मात्रै वृद्धि भएको छ। ‘उत्पादकत्व बढाउने लक्ष्य लिए पनि बर्सेनि उत्पादन घट्दो छ', कार्यालयका प्राविधिक साहायक नोदनाथ लामिछानेले भने, ‘बेलैमा गम्भिर नहुने हो भने खाद्य संकटको खतरा देखिएको छ।'
जिल्लामा प्रतिवर्ष प्रसोधित खाद्यान्नको आवश्यकता ६ हजार टन छ। तर, यहाँ धान मात्रै वार्षिक करिब एक लाख टन उत्पादन हुन्छ। खाद्यान्नभित्र पर्ने सबै उत्पादन हेर्ने हो भने यो तथ्यांक धेरै माथि छ। त्यसैले यहाँको उत्पादनले चितवनसहित विभिन्न पहाडी जिल्लालाई पनि धानेको छ। चितवनमा हुने उत्पादनको ३५ देखि ४० प्रतिशत उत्पादन साबित्री जातको धान मात्रै उत्पदान हुने कार्यालयले जनाएको छ। त्यसपछि राधा-४, हर्दीनाथ-१, सावा मन्सुली, रामधानलगायत उन्नत जातका धान बढी लगाइन्छ।