निर्वाचनका दिन आन्तरिकतर्फ ५० उडान

December 08, 2017

अन्नपुर्ण पोस्ट, २२ मंसिर २०७४

अन्नपूर्ण/काठमाडौंदोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन बिहीबार अन्तरिकतर्फ ५० वटा मात्रै उडान भएको छ । आन्तरिकतर्फ सबैभन्दा बढी उडान हुने विमानस्थल दोस्रो चरणको निर्वाचन भएका जिल्लामा थिए ।

निर्वाचनै कारण आन्तरिक उडान सुसान जस्तै देखिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुर बताउँछन् । आन्तरिकतर्फ सुनसान भए पनि अन्तर्राष्ट्रिय उडानतर्फ भने कुनै असर नपरेको उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वेस बनाएर बिहीबार लुक्ला, पोखरा र भरतपुरमा मात्रै उडान भएको ठाकुरले बताए । यसमा २५ वटा प्रस्थान तथा ३० वटा आगमनसहित ५० वटा उडान भएको उनले जानकारी दिए ।

निर्वाचनका दिन बुद्ध, यती, गोमा, तारा र सिम्रिकले मात्रै उडान गरेका ठाकुरले बताए । तर, आन्तरिक उडानतर्फ बिहीबार श्री एयरलाइन्स र सौर्य एयरलाइन्सले भने कुनै पनि गन्तव्यका उडान गरेका थिएन ।

यसबाहेक तीन वटा हेलिकोप्टरले समेत सेवा दिएको उनले जानकारी दिए । उडान गरेका एयरलाइन्स कम्पनीले विहान माउन्टेन फ्लाइट समेत गरेको ठाकुरले जानकारी दिए । सामान्य अवस्थामा दैनिक आन्तरिकतर्फ तीन सयदेखि तीन सय ५० वटासम्म उडान हुने गरेको थियो ।

स्रोत: http://annapurnapost.com/news-details/85437

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More