कान्तिपुर, श्रावण ३१, २०७९
काठमाडौँ — आगामी मंसिर ४ गते सुरु हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले आवेदन दिएका छन् । निर्वाचन आयोगले यसका लागि साउन ३१ गतेसम्मका लागि समयावधि तोकेको थियो । सोही अवधिमा ती दलहरू दर्ता भएका हुन् ।
आयोगले निर्वाचनमा भाग लिन आवेदन दिएका दलहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अनुसार अब आयोगले भदौ ८ गतेसम्म दलहरूको निवेदनमाथि अध्ययन एवं छानबिन गर्नेछ ।
यसअघि गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा भने ८० दलहरूले भाग लिएका थिए ।
स्रोत: https://ekantipur.com/news/2022/08/16/166066407283947661.html