निर्वाचनमा ६४ हजार सेना

November 25, 2017

कारोबार आर्थिक दैनिक, ०८  मंसिर २०७४

आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंसिर १० गते हुने पहिलो चरणका लागि नेपाली सेनाले ६४ हजार २० सैनिक खटाएको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ स्थानमा मतपत्र पुगिसकेको र दोस्रो चरणका ४५ मध्ये पनि अधिकांश जिल्लामा पुर्‍याउने काम भइरहेको सेनाले जनाएको छ ।

सेनाले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही आवश्यक सुरक्षा प्रदान गरिरहेको विज्ञप्तिमार्फत जानकारी दिएको हो । देशका ५३ कारागार र २३ वटा विमानस्थल सुरक्षामा पनि सेना खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी गुल्म तथा बेस स्थापना गरी सुरक्षा प्रदान गरिरहेको पनि सेनाले जनाएको छ । यस क्रममा विभिन्न जिल्लामा ३३ स्थानमा फेला परेका शंकास्पद वस्तु, बम तथा सकेट बम सुरक्षित ढंगले डिस्पोज्ड गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । 


स्रोत: http://bit.ly/2hQUmQc

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More