News

निर्वाचनमा ६५ प्रतिशत मतदान, बाजुरामा ८० प्रतिशत मत खस्यो

November 26, 2017

अन्नपुर्ण पोस्ट, १० मंसिर २०७४

काठमाडौँ: पहिलो चरणमा आज भएको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ। बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ। उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ।

स्रोत: http://annapurnapost.com/news-details/84787