नेपालको विकास क्षेत्रलार्इ समेट्ने भिडियोहरू सार्वजनिक

November 15, 2017

सैलुङअनलाइन, २९ कार्तिक २०७४ 

केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा विकास उद्यमीले नेपालको विकास क्षेत्रका विभिन्न पक्षहरूलाई समेट्ने भिडियोहरू सार्वजनिक गरेको छ ।

ति भिडियोहरूले उपलब्ध भएका डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी डाटा साक्षरता र नीति निर्माणको क्षेत्रमा काम गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

पाटनढोकाको असोक हलमा नेपाल इन डाटा इभिनिङ नामक एक कार्यक्रम आयोजना गरी ति भिडियोहरू सार्वजनिक गरिएको हो । केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालको प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रममा वक्ताहरूले नेपालमा डाटा साक्षरताको महत्वको बारेमा बोल्दै प्रविधिको प्रयोग मार्फत साक्षरता फैलाउनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा देखाइएका भिडियोहरूले नेपालको समकालीन मुद्धाहरू जस्तै गरिबी र असमानता, जनसांखिकिय लाभांस, सचेतकको रूपमा मिडिया, उर्जा, उत्पादन, महिला हिंसा, जलवायु परिवर्तनको असर जस्ता विषयहरू समेटेका छन् । 

कार्यक्रममा देखाइएका भिडियोहरूको लागि यो लिङ्क । 

https://www.youtube.com/channel/UCyh6JxX6AEW4EmPBQwonkuA/videos

स्रोत: http://www.sailungonline.com/news-details/4473/2017-11-15

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More