News

नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघ्यो, २४ घन्टामा १३ सय ५९ जना संक्रमित

September 04, 2020

कान्तिपुर, भाद्र १९, २०७७ 

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १३ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै शुक्रबार ४४ हजार २३६ पुगेको हो । 

२४ घन्टाको अध्यावधिक विवरण अनुसार बिहीबार १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

२४ घन्टामा डिस्चार्ज १३ सय ५४ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो ५८ प्रतिशत हो ।

पीसीआर परीक्षण १३ हजार ६ सय ३८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । हालसम्म ७ लाख ४५ हजार ४ सय ९० पीसीआर विधिबाट परीक्षण भएका छन् ।

शुक्रबार अपराह्न सम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १८ हजार ४ सय ४ र क्‍वारेन्टाइनमा ६ हजार ५ सय ६१ जना रहेको छ । २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

जिल्लागत नयाँ संक्रमितको तथ्यांक

स्रोत: https://ekantipur.com/news/2020/09/04/1599216072356329.html