नेपालमा पर्यटकको औसत बसाइ १३.२ दिन

April 29, 2024

अनलाइनखबर २०८१ वैशाख ६ गते १८:१०

सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल आएका छन् । सो वर्ष एक जना पर्यटकको औसत बसाइ १३.२ दिन रहेको पाइएको छ ।

६ वैशाख, काठमाडौं । नेपालमा एक जना पर्यटकको औसत बसाइ १३.२ दिन रहेको पाइएको छ । सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल आएका थिए ।

उनीहरू नेपालमा औसत १३.२ दिन बसेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो संख्या सन् २०२२ को तुलनामा सामान्य बढी हो । सन् २०२२ मा औसत बसाइ १३.१ दिन रहेको थियो ।

सन् २०२२ को तुलनामा पर्यटक आगमन ६५.०५ प्रतिशतले बढेको थियो । सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना पर्यटक आएका थिए ।

कोभिड महामारीका बेला कम पर्यटक आएपनि पर्यटकको बसाइ अवधि भने बढी हो । सन् २०२० मा १५.१ दिन र सन् २०२१ मा १५.५ दिन बसाइ अवधि थियो ।

त्यसअगाडि धेरै पर्यटक आएको वर्ष सन् २०१९ मा १२.७ दिन औसत प्रतिपर्यटक बसाइ अवधि थियो ।

नेपाल आउने पर्यटकमध्ये ५५.८४ प्रतिशत पुरुष र ४४.१२ प्रतिशत महिला रहेको तथ्यांक छ । सन् २०२२ को तुलनामा महिला पर्यटक बढेको देखिएको छ ।

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै ३१–४५ वर्ष उमेर समूहका धेरै छन् ।

सन् २०२३ मा यो उमेर समूहका सर्वाधिक ३ लाख १७ हजार १७० जना आएका छन् । यो कुल पर्यटक आगमनको ३१.२५ प्रतिशत हो ।

दोस्रो स्थानमा ४६ देखि ६० वर्ष उमेर समूहका छन् । यो समूहका २ लाख ७२ हजार ३४२ जना पर्यटक आएका छन् । यो २६.८४ प्रतिशत हो ।

पर्यटकको औसत बसाइ

  • सन् २०१९ : १२.७ दिन
  • सन् २०२० : १५.१ दिन
  • सन् २०२१ : १५.५ दिन
  • सन् २०२२ : १३.१ दिन
  • सन् २०२३ : १३.२ दिन   

स्रोत: https://www.onlinekhabar.com/2024/04/1466378 

Newsletter

Submit your details below to receive Newsletters

Newsletter