पर्यटक प्रहरीबाट दुई सय ७५ विदेशीको उद्धार

June 12, 2019

नागरिक, जेठ २८, २०७६ 

काठमाडौं – पर्यटक प्रहरीले सन् २०१८ को सुरुदेखि हालसम्ममा अप्ठेरोमा परेका दुई सय ७५ जना विदेशी पर्यटकको उद्धार गरेकोे छ।भृकुटीमण्डपस्थित पर्यटक प्रहरी एकाइका अनुसार पर्यटक प्रहरीले उक्त अवधिमा एक सय ८७ पुरुष र ८८ विदेशी महिलाको उद्धार गरेको छ।

उनीहरुलाई डेङबोचे, अन्नपूर्ण क्याम्प, सगरमाथा आधार शिविर, डोल्पाको चर्खा, लुक्लाको डोले, डोल्पाको धो, सोलुखम्बु, कञ्चनगंघा बेस क्याम्प, भोजपुरको खाँदबारी, लाङटाङ, दोलखा र मनाङ लगायत २७ ठाउँबाट उद्धार गरेको पर्यटक प्रहरी एकाइका प्रहरी नायव निरीक्षक दिनेश थापाले जानकारी दिए।

उद्धार गरिएकामा अमेरिका, अस्ट्रेलिया, बेल्जियम, ब्राजिल, बेलायत, क्यानडा, चीन, चेक रिपब्लिक, नेदरल्यान्ड, स्पेन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इजराइल, इटाली, जापान, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, नर्वे, नेपाल लगायत ३५ देशका नागरिक छन् । उद्धार गर्न अल्टिच्युड, मनाङ, एअर डाइनेस्टी, कैलाश हेलिकप्टर, एभरेस्ट हेली, सुमित, तारा, श्री, प्रभु र माउन्टेन एअरका हेलिकप्टर प्रयोग गरिएको उनको भनाइ छ।उद्धार गरिएका पर्यटकलाई विभिन्न अस्पतालमा उपचार गराइएको थियो।

काठमाडौं उपत्यकाको १० र बाहिर १६ गरी १६ ठाउँबाट पर्यटक पर्यटक प्रहरीले सेवा दिइरहेको छ।पर्यटन विभाग अन्तर्गत रहेर पर्यटकको हितमा काम गरिरहेको पर्यटन प्रहरीले पछिल्लो समय पर्यटक लक्षित सुरक्षा तथा सेवामूलक काम गर्दै आएको जनाएको छ।विविध कारणले अप्ठेरोमा परेका पर्यटकलाई एजेन्सी तथा हेलिकप्टर कम्पनीको सहयोगमा उद्धार गरी अस्पतालसम्म पु¥याउने गरेको थापाले बताए।

विशेषतः हिमाल आरोहण तथा पदमार्गमा अप्ठेरोमा परेका पर्यटकको उद्धार गरिएको थापाले बताए।पछिल्लो वर्ष ‘फेक रेस्क्यू’ धेरै देखिए पनि पर्यटक खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ कडाइका साथ लागू भएपछि अहिले यो क्षेत्रमा गलत कार्य नियन्त्रणमा आएको उनले बताए ।

एक्लै पदमार्गमा जाने पर्यटकको उद्धारमा कठिनाइ हुने थापा बताउँछन्।‘सुरक्षा र स्वास्थको हिसाबले समूहमा जाँदा पर्यटकले कम अप्ठेरो भोग्ने गरेका छन्।‘पदमार्गमा जानुअघि सम्बन्धित ठाँउबारे गहिरो अध्ययन तथा उक्त स्थानमा पाउने सुविधाबारे जानकारी भए पर्यटक कम समस्यामा पर्न सक्छन्,’ उनले भने।नेपालमा प्रहरी पनि पर्यटकमैत्री छन् भन्ने सन्देश दिन पर्यटन प्रहरी लागिपरेको उनको भनाइ छ ।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/79457/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More