पाँच अर्ब राजस्व

May 02, 2019

नागरिक, बैशाख १९, २०७६ 

विराटनगर – आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको नौ महिनामा चार अर्ब ८४ करोड राजस्व असुली गरेको छ। चार अर्ब ४९ करोड १३ लाख ४५ हजार असुल्ने लक्ष्य लिएकोमा सो अवधिमा ३४ करोड ९६ लाख २० हजार बढी राजस्व असुल भएको छ।

कार्यालयले सो अवधिमा लिएको लक्ष्यमा १०७.७९ प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिए। गत वर्ष सो अवधिमा तीन अर्ब ४७ करोड आठ लाख २० हजार राजस्व असुली गरेको थियो।

यो गत वर्षको तुलनामा यो एक अर्ब ३७ करोड एक लाख ४५ हजार बढी हो। यो लक्ष्यको १३९.४२ प्रतिशत हो। असुली भएको राजस्वमा आयकरतर्फ एक अर्ब ४२ करोड नौ लाख ९२ हजार, बहालकर सात करोड दुई लाख ६६ हजार, ब्याजकर पाँच करोड ८१ लाख ६२ हजार, मूल्यअभिवृद्धि कर ९२ करोड ८१ लाख ८१ हजार, अन्तःशुल्क दुई अर्ब ३२ करोड सात लाख ४१ हजार, स्वास्थ्यसेवा कर दुई करोड ७७ लाख ९० हजार र शिक्षा सेवा कर ४५ लाख १४ हजार रहेको सो कार्यालयले जनाएको छ।

राजस्व चुहावट हुन नदिन र सबै व्यवसायीलाई करको दायराभित्र ल्याउने गृहकार्यमा कार्यालय लागिपरेको प्रमुख गौतमले जानकारी दिए। रासस

स्रोत: https://nagariknews.nagariknetwork.com/news/75601/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More