पाँच महिनामा व्यापार घाटा ३६ प्रतिशतले बढ्यो

December 27, 2018

मेनुका कार्की, अन्नपुर्ण पोष्ट, १२ पुष २०७५ 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ५ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.११ प्रतिशतले व्यापार घाटा बढेको छ। गएको आर्थिक वर्षको मंसिरसम्म जम्मा चार खर्ब १८ अर्ब व्यापार भएको चालु आर्थिक वर्षको यो अवधिमा बढेर पाँच खर्ब ६९ अर्ब पुगेको हो। 

चालु आवको पहिलो ५ महिनामा ६ खर्ब ६ अर्बको आयात वस्तु तथा सेवा नेपाल आयात भएका छन् भने साढे ३७ अर्बको निर्यात भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ। चालु आवको यस अवधिमा ३४ प्रतिशतभन्दा बढीले आयात बढेको छ भने ११ प्रतिशतले मात्रै निर्यात बढेको छ। 

मंसिरसम्म जम्मा ६ खर्ब ४४ अर्बको वैदेशिक व्यापार भएको छ। सो व्यापारमा ९४.२ प्रतिशत आयातको अंश रहेको छ भने जम्मा ५.८ प्रतिशत निर्यातको अंक रहेको छ। 

चालु आवको सो अवधिमा भएको कुल व्यापारमध्ये छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी तीन खर्ब ८६ अर्ब आयात भएको छ भने नेपालबाट भारमा २१ अर्ब ९१ करोड निर्यात भएको छ। सो अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ८८ अर्बको वस्तु तथा सेवा नेपाल भित्रिएका छन्।

नेपालबाट चीनमा ९२ करोड रुपैयाँ मूल्य बराबरका सामान तथा वस्तु निर्यात भएको छ। 

सोर्त:http://annapurnapost.com/news/116195

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More