पाँच सय अधिकृत मागिँदै

November 05, 2017

अन्नपुर्ण पोस्ट, १९ कार्तिक २०७४ 

काठमाडौं : सरकारले निजामती सेवाका विभिन्न तहमा पाँच सय पचासभन्दा बढी अधिकृतका लागि नयाँ भर्ना प्रक्रिया थालेको छ। सरकारको मागका आधारमा लोकसेवा आयोगले प्राविधिक र अप्राविधिक गरी पाँच सय पचासभन्दा बढी अधिकृतका लागि छिट्टै विज्ञापन गर्ने तयारी गरेको हो। सामान्यले विभिन्न मन्त्रालय र निकायमा आवश्यक अधिकृत माग गर्दै विज्ञापनका लागि लोकसेवा पठाउने गृहकार्यलाई तीव्रता दिएको छ।

मन्त्रालयका जनशक्ति विकास शाखा प्रमुख उपसचिव दिनेशसागर भुसालले यो वर्ष प्राविधिक र अप्राविधिक गरी ५ सय ५० अधिकृत निजामती सेवामा थप हुने बताए। कानुनअनुसार देशभरमा आवश्यक पर्ने अधिकृतदेखि सहसचिवसम्मको रिक्त पदमा पदपूर्तिको माग गर्दै सामान्य प्रशासन मन्त्रालयले लोकसेवामा पठाउनुपर्ने हुन्छ।

उपसचिव भुसालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न ३१ वटा मन्त्रालय र मन्त्रालय मातहतका कार्यालय, आयोग, नियोगलगायतका निकायमा रिक्त रहेको शाखा अधिकृत पदको विवरण संकलन कार्यलाई अन्तिम रूप दिन लागिएको छ। ती निकायबाट आएको मागका आधारमा प्राविधिकतर्फ तीन सय र अप्राविधिकतर्फ २५० जना अधिकृतको पदपूर्ति गर्न लागिएको उपसचिव भुसालले जानकारी दिए।

उनका अनुसार झन्डै २ सय ५० जना प्राविधिक अधिकृत माग गर्दै आगामी कात्तिक २२ सम्म लोकसेवामा विवरण पठाउने र लोकसेवाले कात्तिक अन्तिम साता ती पदका लागि दरखास्त आह्वान गर्ने छ। प्राविधिकतर्फका झन्डै तीन सय शाखा अधिकृतका लागि पनि छिट्टै मागको विवरण लोकसेवा आयोगमा पठाइने उनले बताए।

स्रोत: http://annapurnapost.com/news-details/83457

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More