पार्टी साना, नेता ठूला

December 16, 2022

हिमालखबर, मंसिर १३, २०७९

चर्चित नेताले नेतृत्व गरेका पार्टीहरूले देशभरिबाट एक लाख मत पनि पाएका छैनन् । 

प्रत्यक्षतर्फ एक सीट जितेको नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले देशभरिबाट ७३ हजार मत पाएको छ। नारायणमान बिजुक्छें अध्यक्ष रहेको नेमकिपाले प्रत्यक्षतर्फ भक्तपुर–१ मा जित हासिल गरेको छ। 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। लोकप्रिय मतमा ५३ हजार ४७१ मत पाएको हाम्रो नेपाली पार्टी र ४७ हजार १८९ मत पाएको मंगोल नेशनल अर्गनाइजेशन भन्दा जनमोर्चा सानो पार्टी हो। 

पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारी अध्यक्ष रहेको नेपाल संघीय समाजवादी पार्टीले ३८ हजार २२९ मत पाएको छ।  त्यस्तै, पूर्व उपप्रधानमन्त्री सीपी मैनाली नेतृत्वको नेकपा (माले)ले २९ हजार ०३५ भोट ल्याएको छ।  

पूर्व मन्त्री ह्रदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीले १७ हजार ४०१ मत ल्याएको छ। पूर्व उपप्रधानमन्त्री कमल थापाको पार्टीले ११ हजार ३०६ भोट प्राप्त गरेको छ।  

हरिचरण साह अध्यक्ष रहेको नेपाली जनता दलले नौ हजार पाँच भोट ल्याएको छ। आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेको विवेकशील साझा पार्टीले तीन हजार ८२६ मत पाएको छ। यो पार्टीलाई समीक्षा बास्कोटाले नेतृत्व गरेकी छन्। 

पूर्व मन्त्री विश्वेन्द्र पासवान अध्यक्ष रहेको बहुजन शक्ति पार्टीले ६ हजार ८४८ मत पाएको छ। पूर्व सभासद् रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तीन हजार ११४ मत पाएको छ। 

राष्ट्रिय सभाका निवर्तमान सांसद वृषेशचन्द्र लाल अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीले दुई हजार ९४३ भोट प्राप्त गरेको छ।
स्रोत: https://www.himalkhabar.com/news/133308

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More