पोखरा महानगरको मतगणना शुरु

May 22, 2017

Himal Khabar, Yubraj Shrestha, 22nd May 2017, Pokhara

६ जेठदेखि स्थगित भएको पोखरा महानगरको मतगणना सुचारु गर्न सबै राजनीतिक दल सहमत भएका छन् । निर्वाचन कार्यालयले आज बिहान बोलाएको सर्वदलिय बैठकमा विवादित वडा नं. १७ को मतगणना थाँति राखेर अन्य वडाको मतगणना शुरु गर्ने सहमति जनाएका हुन् ।

मतगणनाका क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ मा स्वस्तिक छाप केही ठुलो देखिएको भन्दै फर्जी मतपत्रको आरोपमा नेपाली कांग्रेस र माओवादीले मतगणना बहिस्कार गरेका थिए । ३३ वटा वडा रहेको पोखरा–लेखनाथ महानगरको १४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकको छ । अब वडा नं. १७ बाहेक अन्य वडाको गणना सुचारु हुनेछ । वडा नं. १७ को मतदान केन्द्रमा बनाएको मुचुल्का हेरेर सहमति खोजिने कास्कीका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । निर्वाचन आयोगले निर्वाचन अधिकृतका हस्ताक्षर मिलेका सबै मतपत्र सदर गरी गणना जारी राख्न ७ जेठमा निर्देशन दिएको थियो । - See more at: 

Source: http://himalkhabar.com/news/3734

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More