प्रतिनिधिसभा र राष्ट्रिय सभाको अन्तरिम कार्यविधि–२०७४ पारित

March 06, 2018

शेखर अधिकारी, कान्तिपुर, फाल्गुन २१, २०७४

काठमाडौँ — प्रतिनिधिसभाको अन्तरिम कार्यविधि–२०७४ पारित भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गरेको हो ।

यसैगरी सोमबार कै बैठकले प्रतिनिधिसभाको अन्तरिम कार्यविधि–२०७४ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम मनोनयन गरेको छ। जसमा, खगराज अधिकारी, मनबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्ण र उमाशंकर अरगरियालाई मनोनित गरिएको छ।

यसैगरी राष्ट्रिय सभाको अन्तरिम कार्यविधि–२०७४ पनि आजै पारित भएको छ।

बैठकले राष्ट्रिय सभाको अन्तरिम कार्यविधि–२०७४ अनुसार अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा अध्यक्षता गर्न पर्शुराम नेघि गुरुङ, राधेश्याम अधिकारी र कालिबहादुर मल्ललाई मनोनयन गरेको छ।

दुवै सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो। दुवै सभाको बैठक मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ।

स्रोत: www.kantipurdaily.com/national/2018/03/05/20180305170637.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter