प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च

December 22, 2017

मेनुका कार्की, अन्नपुर्ण पोस्ट, ०७ पुष २०७४

काठमाडौं :  प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सरकारले करिब २० अर्ब रुपैयाँ खर्च गरेको छ। मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनका लागि सरकारले गृह मन्त्रालय, निर्वाचन आयोग र अन्य सरकारी निकायमार्फत १९ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ खर्च गरेको अर्थ सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए।

योमध्ये १० अर्ब रुपैयाँ निर्वाचन आयोगले चुनाव व्यवस्थापनमा खर्च गरेको हो। दुई चरणमा सम्पन्न निर्वाचनबाट प्रदेशसभामा पाँच सय ५० र प्रतिनिधिसभामा दुई सय ७५ सांसद चुनिएका छन्। प्रतिनिधिसभा सदस्यतर्फ एक सय २८ र प्रदेशसभातर्फ दुई सय ५६ गरी जम्मा तीन सय ८४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ। मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ क्षेत्रमा मतदान भएको थियो।

सरकारले मंसिर १० र २१ गतेको चुनावी सुरक्षाका लागि ९८ हजार एक सय ६८ म्यादी प्रहरी भर्ना गरेको थियो। उनीहरूको तलब, भत्ता र अन्य सुविधाका लागि पाँच अर्ब तीन करोड खर्च भएको अर्थ मन्त्रालयको हिसाब छ। गृह मन्त्रालयले सुरक्षा व्यवस्था मजबुद बनाउन, सुरक्षा र प्रशासनिक खर्च गर्न नेपाल प्रहरीले दुई अर्ब ७७ करोड ४५ लाख खर्च भएको छ। यसमा गृह मन्त्रालयले चुनावको व्यवस्थापनमा आठ करोड २१ लाख र नेपाल प्रहरीतर्फ दुई अर्ब ६९ करोड २४ लाख खर्च भएको छ। यसैगरी सशस्त्र प्रहरीले एक अर्ब १६ करोड खर्च गरेको छ।


दुई चरणमा सम्पन्न निर्वाचनबाट प्रदेशसभामा पाँच सय ५० र प्रतिनिधिसभामा दुई सय ७५ सांसद चुनिएका छन्।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सशस्त्र प्रहरीले एक अर्ब १६ करोड ३७ लाख खर्च गरेको छ। निर्वाचनका बेला चौथो घेरामा रहेको नेपाली सेनाले ८४ करोड ७५ लाख खर्च गरेको छ। निर्वाचनका बेला उच्च जोखिम, हिमपात तथा बाटोको पूर्वाधार निर्माण नभएका स्थानमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री र मतपेटिका ल्याउने कार्य गरिएको थियो। निर्वाचनका समयमा म्यादी प्रहरीलाई बुथ सुरक्षादेखि समग्र सुरक्षामा खटाइएको थियो। चुनाव सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको थियो।

निर्वाचनमा निर्वाचन आयोगले निर्वाचन सामग्री, मतदाता शिक्षा, अन्य कार्यक्रमको अनुगमन तथा मूल्यांकनका लागि खर्च गरेको हो। आयोगले प्रतिनिधि, प्रदेशसभा र समानुपातिकका लागि एक करोड ७४ लाख/एक करोड ७४ लाख मतपत्र छापेको थियो। तीन वटा प्रतिनिधिका लागि पाँच करोड २२ लाख मतपत्र छापिएको थियो। निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने न्यायाधीश, जिल्ला न्यायाधीश, मुख्य निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतलगायत निर्वाचनका लागि खटिने सबै कर्मचारीका लागि खर्च गरिएको थियो।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा घुमघामका लागि दुई अर्ब २६ करोड ६५ लाख खर्च गर्ने योजना बनाएको थियो। निर्वाचनका लागि खटिने कर्मचारीको भ्रमण शीर्षकमा यो खर्च गर्ने योजना आयागले बनाएको हो। निर्वाचन आयोगले विभिन्न कार्यक्रमा तीन अर्ब सात करोड ७४ लाख खर्च छुट्याएको थियो।

निर्वाचनका बेला गरिने भ्रमणका लागि दुई अर्ब २६ करोड ६५ लाख छुट्याएको थियो। निर्वाचनका बेला निर्वाचन कार्यालयका लागि दुई अर्ब २३ करोड ५० लाख खर्च व्यवस्था गरिएको थियो। अन्य भत्ता एक अर्ब ७५ करोड २३ लाख, अनुगमन मूल्यांकन खर्च १९ करोड आठ लाख, सञ्चालन तथा मर्मत सम्भार ११ करोड दुई लाख र बिमा १५ करोड घरभाडालगायत शीर्षकमा खर्च गर्ने गरेको छ।

आयोगका अनुसार दोस्रो चरणमा ६७ प्रतिशत मत खसेको थियो। त्यतिबेला सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको छ। पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो।

स्रोत: http://annapurnapost.com/news-details/86514

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More