प्रदूषित सहरमध्ये १४ भारतका

May 04, 2018

कान्तिपुर दैनिक, २१ वैशाख २०७५

विश्व स्वास्थ्य संगठन (डब्लूएच्ओ) ले विश्वका अति प्रदूषित २० सहरमध्ये १४ वटा भारतका भएको जनाएको छ ।

डब्लूएच्ओको अध्ययनमा भारतका कतिपय सहरमा फैलिएको हावामा पीएम २.५ भनिने स्वास्थ्यका लागि घातक सूक्ष्म कण रहेको जनाइएको छ । त्यस्ता कणहरूले श्वासप्रश्वासमा समस्या हुनुका साथै मुटु तथा रक्तनलीसम्बन्धी रोग बढाउने बीबीसीले जनाएको छ ।

डब्लूएचओका अनुसार दिल्ली, बनारस, गया, पटना, लखनउ, आग्रा र श्रीनगर अति प्रदूषित सहरको सूचीमा परेका छन् । राजधानी नयाँदिल्ली विश्वकै छैटौं प्रदूषित सहरमा परेको छ । भारतमा सन् २०१६ मा वायु प्रदूषणका कारण विश्वभरि ४२ लाख मानिसको मृत्यु भएको थियो ।

हाल विश्वमा दसमध्ये ९ जना प्रदूषित वातावरणमा बाँच्ने अध्ययनमा उल्लेख छ । डब्लूएचओले वायु प्रदूषण तत्काल रोक्न नसके दिगो विकास लक्ष्य हासिल गर्नसमेत सम्भव नहुने बताएका छन् ।

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More