प्रदेश तीनमा दुर्घटना जोखिम बढ्दो

July 22, 2019

सविता श्रेष्ठ, नागरिक, साउन ०६, २०७६ 

चितवन - सवारी दुर्घटनाको हिसाबले प्रदेश नम्बर ३ उच्च जोखिममा रहेको पाइएको छ। प्रदेश–३ को काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०७५/०७६ मा चार सय ७६ जनाको मृत्यु भएको छ। यस अवधिमा प्रदेश ३ मा सात सय ७० वटा सडक दुर्घटना र सात सय ५० जना घाइते भएका छन्। सवारी दुर्घटनामा परी मृत्यु हुनेको सबैभन्दा बढी संख्या चितवन जिल्लामा रहेको छ। एक वर्षको अवधिमा चितवनमा एक सय ४६ जनाको मृत्यु भएको छ।

सवारी मा परी धादिङमा ९३, मकवानपुरमा ५४, सिन्धुलीमा ४६, नुवाकोटमा ४०, काभ्रेमा ५३ जनाको मृत्यु भएको छ। यस्तै, रामेछापमा २१, सिन्धुपाल्चोकमा १५, रसुवामा १३ र दोलखामा १३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय रामनगर चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए। आर्थिक वर्ष २०७४/०७५ मा भने प्रदेशमा सात सय ११ वटा दुर्घटना हुँदा चार सय ७० जनाको मृत्यु र ६ सय ४४ जना घाइते भएका थिए। त्यसअघिको वर्षमा ६ सय ९४ वटा दुर्घटना भएकोमा चार सय ७७ जनाको मृत्यु र ६ सय ९४ जना घाइते भएको तथ्यांक रहेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश–३ को काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा सवारी दुर्घटनामा परी चार सय ७६ जनाको मृत्यु भएको छ भने आव २०७४÷०७५ मा यसरी मृत्यु हुनेको संख्या चार सय ७० थियो ।

आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशमा ट्राफिक नियम उलंघन गर्ने एक लाख ९३ हजार पाँच सय ११ वटा सवारीसाधनलाई प्रहरीले कारबाहीको दायरामा ल्याएको उपरीक्षक राईले बताए, जसबाट १३ करोड एक लाख ६८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ। प्रदेश नम्बर ३ मा सवारी दुर्घटनाको जोखिम धेरै भएकाले दुर्घटना न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको छ। ३ नम्बर प्रदेश ट्राफिक कार्यालय रामनगर चितवनले प्रदेशमा हुने सवारी दुर्घटना कम गर्न साउन देखि तीन महिने अभियान सुरु गरेको छ।

 

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश–३ को काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा सवारी दुर्घटनामा परी चार सय ७६ जनाको मृत्यु भएको छ भने आव २०७४÷०७५ मा यसरी मृत्यु हुनेको संख्या चार सय ७० थियो।

यो अवधिमा कार्यालयले काठमाडौं उपत्यकाबाहेकका प्रदेशका १० जिल्लामा मादकपदार्थ सेवन जाँच, सवारीसाधनको गति नियन्त्रण, सार्वजनिक सवारीसाधनमा जडान भएका प्रेसर हर्न, झल्लर, फोकस लाइट हटाउने, ओभरलोड नियन्त्रण, सडक तथा फुटपाथ अतिक्रमण व्यवस्थापनलगायत २० प्रकारका कार्यक्रम सञ्चालन गर्नेछ। चालकको स्वास्थ्य परीक्षण र यान्त्रिक जाँच पनि गरिने प्रदेश ट्राफिक कार्यालयले जनाएको छ।

प्रदेश ट्राफिक कार्यालयका अनुसार यस अवधिमा ट्राफिक सचेतना फैलाउन चालकसँग दुई मिनेट कार्यक्रम, विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी कक्षा, जनचेतनामुलक माइकिङ, टोल टोलमा ट्राफिक सचेतना कार्यक्रम पनि सञ्चालन गरिनेछ। ‘अभियानको क्रममा सर्वसाधारणसँग छलफल र अन्तत्र्रिmया, पैदलयात्रुलाई जेब्राक्रससम्बन्धी जानकारी पनि गराइनेछ,’ उपरीक्षक राईले भने, ‘सवारीसाधनका कारण र नियम पालना नगर्दा हुने दुर्घटना कम गर्न यो अभियानले महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ।’

अभियानको शुभारम्भ गर्दै ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले अभियानले सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न प्रेरित गरी दुर्घटना कम गर्न सहयोग पुग्ने बताए। सवारी दुर्घटनामा मृत्यु हुने मात्र नभई घाइते हुनेको संख्या पनि उत्तिकै रहेकाले यसले दिर्घकालीन रूपमा घाइते व्यक्ति, परिवारलाई मात्र प्रभाव नपारी समग्र देशलाई नै प्रभाव पार्ने भएकाले सुरक्षित यात्रामा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीका अनुसार सडकको क्षमताभन्दा सवारीसाधन धेरै छन्। ३० वर्षअघि ६९ हजार सवारीसाधन भएकोमा अहिले ३३ लाख सवारीसाधनको संख्या पुगिसकेको उनले बताए।

सवारीचालकले नियम पालना गर्नुका साथै सडकमा सवारीसाधनको चाप धेरै भएकाले सडकको स्तर पनि सुधार गर्नु उत्तिकै आवश्यक रहेको उनको भनाइ छ। सार्वजनिक सवारीचालकलाई सवारीसाधनको प्रकार र प्रकृतिअनुसार लाइसेन्स वितरण र नवीकरणको व्यवस्था गरिए चालकको लापरबाहीले हुने दुर्घटनामा कमी आउने उनले बताए।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/83272/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More