अमृता अनमोल, नगेन्द्र अधिकारी, कान्तिपुर दैनिक, माघ २८, २०७४
बुटवल/हेटौंडा — प्रदेश नम्बर ३ र ५ मा सरकार गठनको प्रक्रिया सुरु भएको छ ।प्रदेश नम्बर २ मा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र प्रदेश नम्बर ५ मा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन प्रक्रिया सुरु भएको हो ।
पौडेललाई मुख्यमन्त्री बनाउन एमालेका ५८ र माओवादी केन्द्रका २३ सांसदले समर्थनको पत्र तयार पारेका छन् । पौडेललाई सम्भवत: आइतबार नै मुख्यमन्त्री नियुक्त गर्ने र सोमबार शपथ खुवाउने प्रदेश प्रमुख सचिवालयको तयारी छ ।
प्रदेश ५ मा पनि वाम गठबन्धनका सदस्यहरुको तर्फबाट एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न आइतबार नै प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गराइएको छ ।
मुख्यमन्त्रीको नियुक्ति लगत्तै वामगठबन्धनले ती सदस्यीय मन्त्रिमण्डल घोषणा गर्ने छ । १ गते सार्वजनिक बिदा र २ गते सभामुखको चुनाव भएकाले ३ गते सपथग्रहणको कार्यक्रम राखिने तयारी छ । मन्त्रिपरिषदमा सुरुमा मुख्यमन्त्रीसहित एमालेले नवलपरासीका बैजनाथ चौधरी र माओवादी केन्द्रबाट रुकुमका पूर्णबहादुर घर्तीलाई लैजाने स्रोतको भनाइ छ ।
बाम गठबन्धनमा सात सदस्यीय मन्त्रिमण्डलमा ती मन्त्रालय माओवादी र चार मन्त्रालय एमालेले लिने सहमति भएको छ ।
स्रोत: www.kantipurdaily.com/news/2018/02/11/20180211130601.html