प्रदेश ५ मा ६ महिनामा ३ सय २९ को मृत्यु

January 30, 2019

अन्नपूर्ण पोष्ट, माघ १६, २०७५ 

नेपालगन्ज : प्रदेश ५ मा दुर्घटनामा परी ३ सय २९ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी तुलसीपुर दाङले दिएको जानकारी अनुसार प्रदेशका १२ जिल्लामा ६ महिनाको अवधिमा एक हजार चार सय ११ दुर्घटनामा परी दुई हजार ६ सय ८६ जना घाइते भएका थिए। 

कूल दुर्घटनाको आधाभन्दा बढी एक हजार ४२ मोटरसाइकल दुर्घटना भएको छ। त्यसपछि जीप÷कार दुई सय १७, बस एक सय ५१, ट्रक, ट्यांकर एक सय आठ र एक सय वटा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारी चालकको लापरबाहीका कारण धेरै दुर्घटना भएको बताउँछन् । उनी भन्छन्, 'चालकको लापरबाहीबाट सात सय ७६ र तीप्र गतिका कारण पाँच सय ७७ दुर्घटना भएका छन्।'

प्रहरीले यान्त्रिक गडबडीमा ३७, यात्रुको गल्तीमा ३५, ओभरटेक गर्दा १७, खराब सडकको कारण १५, चौपायाका कारण १४,  मादक पदार्थ सेवन गरेका कारण ११, वातावरणका कारण पाँच, ओभरलोड भएर तीन र सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दा एकवटा दुर्घटना भएको जनाएको छ। 

सोर्त: http://annapurnapost.com/news/119111

Newsletter

Submit your details below to receive Newsletters

Newsletter