News

प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेत

February 25, 2018

नगेन्द्र उपाध्याय, नागरिक दैनिक, १२ फागुन २०७४

प्रदेश नम्बर ६ को नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर कायम गरिएको छ। शनिबारको संसद बैठकले प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएको हो।

प्रदेशको नाम कर्णाली राख्न नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रस्ताव गरेका थिए भने नेपाली कांग्रेसका सचेतक दिनवन्धु श्रेष्ठ, नेकपा माओवादी केन्द्रका गणेशप्रसाद सिंह र राप्रपाकी सोशीला शाहीले समर्थन गरेका थिए।

यस्तै सुर्खेतको वीरेन्द्रनगरलाई राजधानी बनाउनका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रस्ताव गरेका थिए। एमाले सांसद अम्मरबहादुर शाही र माओवादी केन्द्रका सांसद नरेश भण्डारीले समर्थन गरेका थिए। 

स्रोत: http://nagariknews.com/news/38879/