प्रहरीका लागि ७५१ गाडी खरिद गर्न प्रस्ताव

August 08, 2022

अनलाइनखबर, साउन २३, २०७९

काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि ७५१ वटा हलुका तथा ठूला सवारीसाधन खरिद गर्न प्रस्ताव गरेको छ ।

निर्वाचन सुरक्षाका लागि सवारीसाधन पर्याप्त नभएको भन्दै प्रहरीले गाडी खरिदको प्रस्ताव गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार प्रहरीको प्रस्ताव अनुसार अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि फाइल पठाइएको छ ।

यसअघि ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका बेला पनि प्रहरीले सवारीसाधन खरिदका लागि बजेट मागेको थियो ।

तर सरकारले नयाँ खरिद गर्न बजेट दिएन । बरु भाडामा सवारीसाधन ल्याउनका लागि बजेट छुट्टयाएको थियो ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा बुझाएको विवरण अनुसार अहिले प्रहरीलाई १ हजार ५९८ मोटरसाइकल पनि अभाव छ । सानो सवारीसाधन मात्रै १३ सय ८४ अपुग थियो । ७५३ स्थानीय तहमा नजम्मा गरी प्रहरीसँग १५ सय २९ सानो र १५४ ठूलो सवारीसाधन छ ।

स्रोत: https://www.onlinekhabar.com/2022/08/1170482

Newsletter

Submit your details below to receive Newsletters

Newsletter