रेडियो कन्तिपुर, वैशाख २०, २०७५
नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रताको अवस्था केही खस्किएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ । रिर्पोटर्स विथआउट बोडर्सको (आरएसएफ) को प्रेस स्वतन्त्रता सूचाङ्कमा २०१८ अनुसार नेपाल नेपाल ३२ दशमलव ६ अंकसहित १ सय ६ औं स्थानमा छ । गत वर्ष एक सयौँ स्थानमा रहेको नेपाल ६ स्थान खस्किएको सो प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण एसियाली मुलुकमा भारत र पाकिस्तान नेपालभन्दा पछाडि समान ४३ दशमलव २४ अंकसहित १ सय ३८ औँ र १ सय ३९ औँ स्थानमा छन् । अफगानिस्तान ३७ दशमलव २८ अंकसहित १ सय १८ औँ स्थानमा छ । बंगलादेश ४८ दशमलव ६२ अंकसहित त्यो भन्दा खराब स्थिति अर्थात १ सय ४६ औँ स्थानमा रहेको छ भने भूटान भने नेपालभन्दा अगाडी ३० दशमलव ४३ अंकसहित ९४ औँ स्थानमा छ । प्रतिवेदन अनुसार प्रेस स्वतन्त्रताको क्षेत्रमा नर्वे ७ दशमलव ६२ अंकसहित पहिलो स्थानमा छ । उत्तर कोरिया अन्तिम अर्थात ८८ दशमलव ८७ अंकसहित १ सय ८० औँ स्थानमा छ ।
स्रोत: http://radiokantipur.ekantipur.com/news/2018-05-03/20180503093329.html